प्रकाशित मिति : मङ्लबार, बैशाख १२, २०७४
काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले दाङमा स्थानीय निकायको साइनबोर्ड मेटाएको छ । जिल्लाका दुई उपमहानगरपालिका र एक गाउँपालिकाको बोर्ड मेटाएको प्रहरीले पुष्टी गरेको छ ।
नेकपाले निमार्ण गरेको जिल्ला जनपरिषदका संयोजक यमलालले दाङका दुई उपमहानगरपालिका, एक नगरपालिका र सातवटा गाउँपालिकाका बोर्ड फालेको जानकारी दिए । तर, जिल्ला प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले भने तुलसीपुर र घोराही उपमहानगरपालिका तथा दंगीशरण गाउँपालिकाको साइनबोर्डमा क्षती पु¥याएको जानकारी दिए ।
स्थानीय निकायको बोर्ड मेटाएको स्थानमा दलाल संसदीय ब्यवस्थाको चुनाव खारेज गर, जनसत्तालाई सुदृढ गर लेखिएको ब्यानर टाँसिएको छ । तुलसीपुर उपमहानगरपालिकाको बोर्ड मेटाउन राती दुई बजेतिर एक समूह आएको त्यस वरपरका स्थानियले बताएका छन् ।
स्थानिय तहको निर्बाचन बहिस्कार कार्यक्रम अन्र्तगत दाङका स्थानिय निकायको साइबोर्ड नष्ट पारेको नेपाल कम्युनिष्ट पार्टी दाङले जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij