प्रकाशित मिति : बिहिबार, बैशाख १४, २०७४
काठमाडौं । पहिलो चरणमा हुने स्थानीय निकाय निर्वाचनको मिति नजिकिएपनि सरकारले निर्वाचनको वातावरण बनाउन सकेको छैन । आजको नेपाल समाचारपत्रमा खबर छ ।
अहिलेसम्म सुरक्षा निकायलाई स्पष्ट आदेश नहुँदा उनीहरु मतदान केन्द्र तथा उपकेन्द्रको भौगोलिक र सुरक्षा अवस्थाबारे जानकारी लिनसमेत गएका छैनन् ।
कार्यक्षेत्रमा खटिएका एक जिल्लाका सुरक्षा अधिकारीले भने, ‘माथिल्लो निकायबाट अहिलेसम्म यसो गर्नु भन्ने स्पष्ट आदेश नै आएको छैन कसरी जाने ? अहिलेसम्म निर्वाचनमा खर्च हुने बजेटसमेत आएको छैन’
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij