प्रकाशित मिति : बिहिबार, बैशाख १४, २०७४
गोरखा । मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा ( माओवादी क्रान्तिकारी)ले देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालमार्फत आउँदो यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि गोरखामा उम्मेदवार सिफारिस गरेको छ ।
गोरखा नगरपालिकाको प्रमुखमा अमृत राना, पालुङटार नपाको प्रमुखमा भूमिनारायण मल्ल, अजिरकोट गाउँपालिकाको प्रमुखमा तेजबहादुर गुरुङ, सिरानचोक गाउँपालिका प्रमुखमा छविलाल घले, गण्डकी गाउँपालिका प्रमुखमा राम नेपाली, पालुङटार नपा–६ वडा प्रमुखमा रमेश क्षेत्री, सिरानचोक गाउँपालिका–७ श्रीनाथकोट वडा प्रमुखमा हरिबहादुर गुरुङलाई उम्मेदवार बनाउने गरी केन्द्रमा सिफारिस गरिएको पार्टीका नेता नारायण अधिकारीले जानकारी दिए ।
दुई नगरपालिका, नौ गाउँपालिका र ९४ वडा रहेको गोरखामा उक्त पार्टीले अन्यत्र भने उम्मेदवार बनाएको छैन ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij