प्रकाशित मिति : सोमवार, बैशाख १८, २०७४
जेपी थुलुङ, सोताङ । जोसुकैलाई मिस्टर वल्र्डमा भाग लिने चाहाना हुन्छ , तर त्यसका लागी आवश्यक गुण र वातावरण, अनिबार्य चाहिन्छ ।
मिस्टर नेपालमा विजेता बन्ने अधिकांश व्यक्तिहरु शाररिक, पारिवारिक, तथा शैक्षिक वातावरण राम्रो भएको
व्यक्ति मात्र छनौंटमा परेको ज्वलन्त उदाहारण छन् ।
तर सोलुखुम्बुको कर्णाली भनेर चिनिने कोशी पारीको साबिकको बिकट गाउ सोताङ गाबिसमा
जन्मिएका लिलन श्रेष्ठ पनि “मिस्टर नेपाल २०१७”को उत्कृष्ट १५ को छनौटका लागी
प्रतिस्पर्धा गरिरहेका छन् ।
सानै उमेरमा आफ्नो आमा समेत गुमाएका श्रेष्ठ यतिवेला नेपालमा हुने पुरुषहरुको सबैभन्दा ठूलो प्रतियोगिता “मिस्टर नेपाल २०१७” को बिजेताबन्ने उद्देश्यका साथ मेहनत गरिरहेको बताउँछन् ।
संचारकर्मीसंग कुरा गर्दै उनी भन्छन् जित आफ्नो नभई सिंगो सोलुखुम्बुको ठानेकाले भोटिङको लागी सबैलाई अनुरोध गरिरहेको छु । अन्तरवार्ता मार्फत सोलुखुम्बुकै पहिलो पटक छनौटमा पर्न सफल श्रेष्ठले“मिस्टर नेपाल २०१७ मा विजेता भएमा सोलुखुम्बुलाई मात्र नभई सिंगो नेपाललाई चिनाउने बताउछन्” ।
सामान्य परिवार र बिटक ठाउँमा जन्मीएका २१ बर्ष पार गरेका श्रेष्ठ गाउँकै सरकारी बिद्यालय अध्ययन गर्दै हाल सोताङ पब्लिक क्याम्पसको बि.एड.तेस्रो बर्षको बिद्यार्थी हुन् ।
आफूलाई भोटिङ गरी विजेता बनाउनका लागी क्यपिटल लेटरमा एम आर एन टाईप गरि एक स्पेश छोडेर २० लेखी ३३००१ मा सेन्ड गर्नपनि श्रेष्ठले सबैलाई
आग्रह गरेका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij