आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

रौतहटमा कक्षा १२ को परीक्षा अमर्यादित

  • प्रकाशित मिति : सोमवार, बैशाख १८, २०७४



  • रौतहट ।  रौतहटमा सञ्चालन भईरहेको कक्षा १२ को परीक्षा अमर्यादित तरिकाले भईरहेको पाइएको छ ।
    गत बैशाख १० बाट सुरु भएको परीक्षामा जिल्ला सदरमुकाम गौर,गरुडा चन्द्रनिगाहपुर,लगायतका केन्द्रमध्ये भन्दाबढि जिंगडियास्थित प्रहरी बिद्यालयमा अमर्यादित भएको बताइएको छ ।
    प्रहरी बिद्यालयमा सुरक्षा प्रमुख बिद्यालयकै हुनेगरेकाले सर्व साधारण प्रवेश न पाउने हुँदा परिक्षामा भित्र भित्रै चिटको अलावा कालोपाटीमा समेत उत्तर लेख्ने गरेको परीक्षा बोर्डकै कर्मचारीहरुले बताएका छन् ।
    बोर्ड प्रमुख यमबहादुर खडकाको नेतृत्वमा खटिएको टोलीले बिभिन्न केन्द्रहरुमा चेकजाँचको क्रममा चिट चोरीरहेको अवस्थामा पक्राउ करीव एकसय जना परिक्षार्थीलाई निष्काशन गरेको छ ।
    किन हुन्छ परीक्षा अमर्यादित ?
    परीक्षा केन्द्रमा संबधित बिद्यालयको निरीक्षक गार्ड खटाईनु ।
    स्थानीय बिद्यालयको केन्द्राध्यक्ष खटाईनु ।
    कतिपय शिक्षकले पास गराउने ठेक्का लिनु ।
    संबन्धित निकाय बाट नियमित अनुगमनको अभाव ।
    केन्द्रहरुमा सुरक्षार्थ खटिएका जनपद तथा सशस्त्र प्रहरी आर्थिक प्रभाव,अथवा राजनितिक दवाबमा मुकदर्शक हुनु ।
    लगायतका कारणले दशकौं देखी बिग्रिएको रौतहटको प्ररिक्षा प्रणालीमा हालसम्म सुधार हुनसकेको छैन ।
    शिक्षा स्रोतका अनुसार बढी चिटचोरीने केन्द्रहरुमा जनज्योती मावीचन्द्रनिगाहपुर,
    मावी गरुडा,मावी कटहरीया,जयकिशान मावी धरहरी परिक्षा केन्द्र रहेको छ ।
    त्यसैगरी बाहिरिया बिद्यार्थीको बढी चाप हुने केन्द्रहरुमा कटहरीया,धरहरी,गरुडा र चन्द्रनिगाहपुर रहेको स्रोतले जनाएको छ ।
    के भन्छन् जिल्ला शिक्षा अधिकारी ?
    जिल्ला शिक्षा अधिकारी रामबिनय कुमार सिंहले पनि कक्षा १२ को परिक्षा मर्यादित हुन नसकेको स्वीकारेका छन । सिंहले यस पटक बजेटको अभाव रहेकाले पुर्णरुपमा अनुगमन हुन नसकेको बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij