आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

प्रधानन्याधिश प्रकरण : ‘राजा आउ देश बचाँउ’ सम्म !

  • प्रकाशित मिति : मङ्लबार, बैशाख १९, २०७४



  • प्रधानन्याधिशमाथि दलहरुले महाअभियोग प्रस्ताव  दर्ता गरेपछि  समाजिक संजालमा यस विषयले निकैनै तहल्का मच्चाएको छ ।

    धेरैले प्रधानन्याधिशलाई महाअभियोग लगाईनु न्यायलयमाथिको हस्तक्षेप भनेका छन् । सामाजिक संजालमा टिप्पणी गर्नेहरुले न्यायधिश माथि महाअभियोग लगाई दलहरुले आफूहरुको नराम्रो हर्कतलाई छोप्न खोजेको आरोप लगाएको छ ।

    सामाजिक संजाल टिविट्रमा, जुगल भुर्तेलले दुई वर्षमा बनाउनु पर्ने संविधान बनाउन दुइवटा संविधानसभा र अर्बौं सिध्याएका माननीयले सुशीला कार्कीमा ’कार्यसम्पादन क्षमताको अभाव’ देखेछन् ! भन्दै कडा टिप्पणी गरेका छन् भने राजन नाम गरेका व्यक्तिले टिव्टरमा लेखेका छन्, स्वतन्त्र न्यायालयको गरिमा बचाए वापत र राम्रो काम गरे वापत प्रधानन्याधिश माथी महाअभियोग लगाउने नेपाली कांग्रेस र माओवादी निर्णयको जती निन्दा गरेपनि कम हुन्छ ।’

    त्यस्तै शिव गाउँलेले टिवट्रमा लेखेका छन्, ‘न्यायालय माथि हमला, लोकतन्त्र सत्ताका बिचौलियाको कब्जामा ।’ यसरी आ–आफ्ना धारण राख्नेक्रम जारी छ । यसैक्रममा कतिपयले दलहरुले देशलाई भष्म पारेको भन्दै राजाले यो बेलामा महत्वपूर्ण कदम लिनुपर्ने बताएका छन् ।

    फेसबुकमा अनिता नाम गरेकी एक फेसबुक कर्ताले लेखेकी छन्, मरेका मुर्दाहरुपनि जाग्ने बेला भयो, हे राजा तिमि कहाँ छौं, तिम्रो खाँचो हामी खड्कीरहेका छौं ।’ यसरी सामाजीक संजालमा राजसंस्था व्यूताउनेदेखी दलहरुको कदमको कडा आलोचना भएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij