प्रकाशित मिति : मङ्लबार, बैशाख १९, २०७४
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा नेकपा एमाले र राप्रपाबीच तालमेलको प्रयास भएको छ ।
स्रोतका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष कमल थापाबीच विभिन्न चरणमा छलफल भएको छ ।
एमालेले मेयरमा आफ्नो उम्मेद्वार बनाउने र राप्रपालाई उमपेयर बनाउने प्रस्ताव गरेको छ । तर यसविषयमा गम्भीर छलफल भइरहेको तर अन्तिम सहमति भने जुटिसकेकाे छैन ।
एमालेभित्र उम्मेद्वार कसलाई बनाउने भन्नेमा विवाद छ भने राप्रपाले यसअघि नै राजाराम श्रेष्ठलाई मेयरमा उठाउने निर्णय गरिसकेको छ । तालमेलको सहमति हुने सम्भावना भएकै कारण राप्रपाले उम्मेद्वारी दर्ता गराउन ढिलाई गरेको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij