आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

उम्मेदवारको नामावली आजै प्रकाशन गर्ने आयोगको तयारी

  • प्रकाशित मिति : बिहिबार, बैशाख २१, २०७४



  • निर्वाचन आयोगले पहिलो चरणको स्थानीय तह निर्वाचनका उम्मेदवारको नामावली आज प्रकाशन गर्ने भएको छ ।

    आयोगले आज ११ देखि १ बजेसम्म उम्मेदवारको नामावली प्रकाशित गर्ने जनाएको हो । आयोगले उम्मेदवारहरुका लागि नाम फिर्ता लिन समय पनि आजैका लागि तोकेको छ ।

    आयोगले उम्मेदवार बनेकाहरुले आफ्नो नाम फिर्ता लिन चाहे दिउँसो १ बजेदेखि ५ बजेसम्मको समय छुट्याइएको जनाएको छ ।

    उम्मेदवारी फिर्ता लिन चाहनेले सम्बन्धित प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेद्वारी फिर्ता लिनसक्ने छन् ।

    आयोगले भोलि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी चुनाव चिह्न प्रदान गर्ने जनाएको छ ।

    पहिलो चरणमा हुने २ सय ८३ स्थानीय तहको निर्वाचनमा करिब ४४ हजार ५१ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ ।

    आयोगको तथ्यांकअनुसार महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकाका प्रमुखमा १ हजार ८ सय ५६ जनाले उम्मेदवारी दिएका छन् ।

    त्यस्तै उपप्रमुखमा करिब १ हजार ३ सय ७३ जनाले उम्मेदवारी दिएका छन् । नगरपालिका र गाउँपालिका वडाध्यक्षमा भने १० हजार ९८ ले उम्मेदवारी दिएको आयोगको प्रारम्भिक तथ्यांकले देखाएको छ ।

    त्यसैगरी दुई खुला सदस्यका लागि १६ हजार ८३ जनाले उम्मेदवारी दिएका छन् भने महिला सदस्यका लागि ७ हजार ९ सय ९४ र दलित महिला कोटामा ६ हजार ६ सय ४५ जनाले उम्मेदवारी दिएका छन् ।

    २ सय ८३ स्थानीय तहमा प्रमुख, उपप्रमुख र सदस्यसहित गरी १३ हजार ५ सय ५६ जना निर्वाचित हुने छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij