आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

२६६ भन्दा बढी सांसद-महाभियोगविरुद्ध

  • प्रकाशित मिति : शुक्रबार, बैशाख २२, २०७४



  • काठमाडौं । प्रमुख प्रतिपक्षी एमालेसहितका १० दलले प्रधानन्यायाधीश सुशीला कार्कीविरूद्धको महाभियोग तत्काल फिर्ता गर्न माग गरेका छन् ।

    स्वतन्त्र न्यायापालिका र शक्ति पृथकीकरणको सिद्धान्तविपरितको महाभियोग फिर्ता नभएसम्म संसद चल्न नदिने प्रतिपक्षको चेतावनीको कारण बिहिबारका लागि डाकिएको संसद बैठक शुक्रबारर बिहानसम्मका लागि सूचना टाँसेर स्थगित भएको छ ।

    ‘प्रधानन्यायाधीश कार्कीमाथि लगाइएको महाभियोग प्रस्ताव अनुचित हुनुका साथै यसले शक्ति पृथकीकरण सिद्धान्त, स्वतन्त्र न्यायापालिकाको मर्म र लोकतान्त्रिक मूल्य मान्यतामाथि गम्भीर प्रहार गरेकाले सो प्रस्ताव तुरून्त फिर्ता लिई कानुनी कानुनी शासनको सम्मान गर्न प्रस्तावक राजनीतिक दलसँग माग गर्दछौ,’ विज्ञप्तिमा भनिएको छ । संसदमा एमालेको १८१, राप्रपाको ३७, लोकतान्त्रिक फोरमको १६, संघीय समाजवादी फोरमको १५, नेकपा मालेको ५, नेमकिपा ४, राष्ट्रिय जनमोर्चा ३, परिवार दल २, र नेपा पार्टी, बहुजन शक्ति र मधेस समता पार्टीको एक÷एक गरी २६६ सिट छ । कुल सदस्य संख्या ५९३ को एक तिहाई १९८ भन्दा बढी सिट ओगट्ने यी दलको विरोधका बीच संसदबाट महाभियोग प्रस्ताव पारित हुने सम्भावना छैन ।

    संविधान अनुसार महाभियोग प्रस्ताव पारित हुन दुई तिहाई (३९६) मत आवश्यक पर्छ । –कान्तिपुर दैनिकबाट

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij