प्रकाशित मिति : शनिबार, बैशाख २३, २०७४
विदूर । स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेका दलका नेताहरु घरदैलौ अभियानमा जुटेका छन् । शुत्र।बार चुनाव चिन्ह पाएसँगै घरदैलो अभियानमा जुटेका हुन् ।
नुवाकोटको पूर्वी भेगमा रहेको शिवपुरी गाउँपालिका ७ मा एमालेका कार्यकर्तामाथि शुक्रबार आक्रमण भएको हो ।
सदरमुकामदेखी १० किलोमिटर पूर्वमा रहेको उक्त स्थानमा चुनावी प्रचारप्रसारका लागि पुगेका एमालेका उम्मेदवार लगायत कार्यकर्तामाथि कांग्रेसका कार्यकर्ताले लाठी प्रहार गरी आक्रमण गरेको खबर आजको अन्नपूर्ण पोस्टमा छ ।
एमालेका तर्फबाट वडाध्यक्षका उम्मेदवार राजाराम गुणीमाथि शुक्रबार अपराह्न ६ वटा मोटरसाइकलमा आएका कांग्रेस कार्यकर्ताले आक्रमण गरेको एमालेले जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij