आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

मतदाता परिचयपत्र वितरण सुरु, मतदान केन्द्रबाटै परिचयपत्र लिनुपर्ने

  • प्रकाशित मिति : बिहिबार, बैशाख २८, २०७४



  • काठमाडौं । निर्वाचन आयोगले मतदाता परिचयपत्र वितरणको काम आजदेखि सुरु गरेको छ ।

    आइतबार हुने चुनावका लागि आजदेखि तीन दिनसम्म सबै मतदान केन्द्रबाट परिचयपत्र वितरण गरिने निर्वाचन आयोगले जनाएको छ ।

    आयोगले परिचयपत्रसँगै मतदान केन्द्रबाटै मतदाता शिक्षा कार्यक्रम पनि सञ्चालन गरिरहेको छ ।

    मतदानसम्बन्धी अन्योल हटाउन आयोगले मतदाता परिचयपत्र वितरणसँगै मतदाता शिक्षा पनि दिन लागेको हो ।

    आयोगका अनुसार यसपटक एउटै मतपत्रमा सात लहरमा निर्वाचन चिन्ह राखिएका छन् । हरेक मतदाताले सात ठाउँमा स्वस्तिक छाप लगाउनुपर्ने हुन्छ ।

    यसरी लगाएको छाप, पहिलो लहरमा नगरपालिका वा गाउँपालिकाको प्रमुखका लागि हुने, दोस्रोमा उपप्रमुखका लागि र तेस्रोमा वडा अध्यक्षका लागि हुनेछ ।

    त्यस्तै चौथो लहरमा महिला सदस्य र पाँचौ लहरमा दलित महिला सदस्यका लागि छाप लगाउनुपर्नेछ । पछिल्लो छैटौं र सातौं लहरमा भने खुला वडा सदस्यका लागि छाप लगाउनुपर्नेछ ।

    यसमा मतदाताको इच्छा अनुसार छैटौंमा मात्र वा सातौंमा मात्र लगाउन सकिने वा छैटौं र सातौं दुवैमा एक/एक वटा छाप लगाउन पनि सकिने आयोगले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij