आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

निर्वाचनलाई मौसमको चुनौती

  • प्रकाशित मिति : शुक्रबार, बैशाख २९, २०७४



  • आजको नयाँ पत्रिकामा यो खबर छ ।

    -पहिलो चरणको निर्वाचनमा मौसमले साथ नदिने भएको छ । जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले ३१ वैशाखमा पूर्वी नेपाल र उपत्यका क्षेत्रमा वर्षा हुने अनुमान गरेको छ । त्यस दिन दिउँसो र बेलुका वर्षा हुने अनुमान छ । ‘वर्षाले निर्वाचनमा मतदातालाई असर गर्ने देखिन्छ । तर, मनसुनको समयजस्तो लामो अवधि नभएर छोटो अवधिको वर्षा हुने अनुमान छ,’ महाशाखाका मौसमविज्ञ समीर श्रेष्ठले भने ।

    -विभागका अनुसार शुक्रबार काठमाडांै उपत्यकासहित देशभरको मौसममा आंशिक बदली हुनेछ । मध्य र पूर्वी नेपालमा भने मेघगर्जनसहित वर्षा पनि हुनेछ । ३१ वैशाखसम्म छिटफुट रूपमा वर्षा भइरहने मौसमविद् श्रेष्ठले बताए । सबैभन्दा धेरै वर्षा दिपायलमा २२ मिलिमिटर, ताप्लेजुङमा १५ मिलिमिटर र डडेल्धुरामा ५ मिलिमिटर वर्षा भएको छ । अन्य क्षेत्रको तुलनामा सुदूरपश्चिमी क्षेत्रमा कम वर्षा हुने देखिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij