आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

विद्युत प्राधिकरणले बेच्ने भनेको एलइडी बल्ब बजार मूल्यभन्दा ४ सय रुपैयाँ सस्तो

  • प्रकाशित मिति : शुक्रबार, बैशाख २९, २०७४



  • नेपाल विद्युत प्राधिकरणले बत्ती बालिने समयमा साधारण बल्बको प्रयोगले विद्युतको माग बढेको भन्दै भारतबाट २ करोड थान लिड बल्ब ल्याएर विद्युत माग घटाउने उद्देश्य लिएको छ प्राधिकरणले एक सय ४५ रुपैयाँ प्रति गोटामा बेच्ने बताएको बल्ब हालको बजार मूल्यभन्दा करिब चार सय रुपैयाँ सस्तो हुने दखिएको छ।
    प्राधिकरणले भारतीय सरकारी कम्पनी ईईएसएलमार्फत ओशराम र फिलिप्स कम्पनीका ९ वाटका बल्ब ल्याउने योजना बनाएको छ। नेपाली बजारमा फिलिप्स ब्राण्ड आयात गर्दै आएको ज्योति ग्रुप अन्र्तगतको स्याकार कम्पनी लिमिटेडका अनुसार ९ वाटको लिड बल्बको खुद्रा बजार मूल्य ५ सय ५० रुपैयाँ पर्दछ।
    त्यस्तै ओशराम ब्राण्डको नेपाली आधिकारिक विक्रेता हिम इलेक्ट्रोनिक्सका अनुसार हाल ओशरामको सोही बल्बको खुद्रा बजार मूल्य ६ सय रुपैयाँ रहेको छ। त्यस्तै, स्याकार कम्पनी लिमिटेडले फिलिप्स लिड बल्बमा २ वर्षको र हिम इलेक्ट्रोनिक्सले ओशराम ब्राण्डको खरिदमा एक वर्षको वारेन्टी दिने गरेका छन्।
    यसरी हेर्दा हाल नेपाली उपभोक्ताले बजारबाट खरिद गर्ने मूल्य भन्दा प्राधिकरणबाट ति कम्पनीका लिड बल्ब किन्दा झण्डै ४ सय ५० रुपैयाँ सस्तो पर्न आउँछ। अर्कोतर्फ वारेन्टीका दृष्टिकोणले पनि प्राधिकरणबाट थप एक वर्ष बढी वारेन्टी पाउने देखिन्छ।
    डिल्लीबजारस्थित वार्म लाइटका संचालक महेश श्रेष्ठका अनुसार बजारमा चलेका ब्राण्डहरुमा क्रमटन, ओप्पल, हिमस्टार, दिब्या, लुमेन्स लगायात ब्राण्डका ९ वाटका एलइडी बल्बको मूल्य पनि प्राधिकरणले बेच्ने बताएको एक सय ४५ रुपैयाँ भन्दा बढी छ।
    श्रेष्ठका अनुसार ९ वाटको लिड बल्बमा क्रमटनको ३ सय २० रुपैयाँ, ओप्पलको ४ सय ७५, हिमस्टारको २ सय ३०, दिब्याको ३ सय ९० तथा लुमेन्सको ३ सय ८० रुपैयाँ पर्ने गर्छ। यी सबै कम्पनीका बल्बको खरिदमा एक देखि २ वर्षसम्मको वारेन्टी पाइन्छ।
    प्राधिकरणका प्रमुख कुलमान घिसिङको विश्लेषणमा हालका बल्बलाई ९ वाटका लिड बल्बबाट प्रतिस्थापन गर्ने हो भने उक्त मागमा दुई तिहाइ कम हुने छ। जनसंख्यालाई आधार मान्दै प्राधिकरणले प्रयोग भइरहेको १८ वाटको सिएफएल र ६० वाटको साधारण बल्बलाई औसतका रुपमा चालीस वाट गणना गरेको छ।
    कूल ३५ लाख ग्राहकमध्ये १९ लाखले १८ वाटको सिएफल र ५ लाखले ६० वाटको इन्सियनडिसेइन्ट बल्ब प्रयोग गरिरहेको प्राधिकरणको तथ्यांक छ। यी सबै बल्बलाई प्रतिस्थापन गर्दा पिक आवरमा २ सय मेगावाटसम्म उर्जा बचत हुने प्राधिकरणले जानकारी दिएको छ।
    यसरी बचत हुँदा वार्षिक रुपमा २ सय ९३ गिगावाट आवर उर्जा बचत हुन्छ। अर्थात यही पिकआवरको पावर प्लान्ट बनाउँदा ४७ अर्ब लागत र पाँच वर्षको समय लाग्ने घिसिङको भनाइ छ। नेपाल विद्युत प्राधिकरणले नेपालमा बिजुलीको माग र खपत बढ्नुको मुख्य कारण बत्ती बाल्ने समयमा थप ३ सय ८१ मेगावाट माग बढ्ने गरेको जनाएको छ।
    यसरी बचत हुँदा वार्षिक रुपमा २ सय ९३ गिगावाट आवर उर्जा बचत हुन्छ। अर्थात यही पिकआवरको पावर प्लान्ट बनाउँदा ४७ अर्ब लागत र पाँच वर्षको समय लाग्ने प्राधिकरणको भनाइ छ।
    त्यस्तै अर्को फाइदा भनेको हाल १८ वाटको बल्ब बालिरहेका उपभोक्ताले ९ वाट उर्जा खपतबाटै उत्तिकै उज्यालो पाउँछन्। यसकारण आधा बिल घट्छ भने ६० वाटको बल्ब बालिरहेकाहरुको हकमा भने ६ गुणा कम हुन्छ।
    त्यस्तै प्राधिकरणले त्यसरी लिड बल्ब उपलब्ध गराउँदा १० महिने किस्ताबन्दीमा उपलब्ध गराउने र प्रतिपरिवार १० वटासम्म दिने बताएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij