आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

डोल्पामा आचारसंहिताको मौन अवधिले छोएन, दलहरु प्रचारप्रसारमा ब्यस्त

  • प्रकाशित मिति : शुक्रबार, बैशाख २९, २०७४



  • डोल्पा ।  बैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तह निर्वाचनको मौन अवधि बिहिवार राती १२ बजेपछि शुरु भएपनि हिमाली जिल्ला डोल्पाका राजनीतिक दलका उम्मेदवारहरुले निर्वाचन आचारसंहिताको मौन अवधिको पालना नगरेको पाइएको छ ।

    निर्वाचन आयोगले मौन अवधि शुरु भएपछि उम्मेदवारको पक्ष र विपक्षमा चुनाव प्रचारप्रसार गर्न गराउन निषेध गरेको जनाएपनि डोल्पाका राजनीतिक दलका उम्मेदवारहरु पक्षमा मत माग्न गाउँ बस्तीमा ब्यस्त बनेका छन ।

    नेकपा एमालेबाट त्रिपुरासुन्दरी नगरपालिकाको मेयर र उपमेयरको उम्मेदवारी दिएका ओमबहादुर बुढा र चन्द्राकुमारी बुढा लगायतको टिमलाई बिजयी गराइदिन उम्मेदवारसंगै एमाले सभासद धनबहादुर बुढा पनि बिकट बस्तीहरुमा मतदाताहरु समक्ष पुगेका छन् । यसैगरी काग्रेसका तर्फबाट मेयर र उपमेयरका प्रत्यासी बनेका दिलबहादुर बिष्ट र बुद्दा शाही लगायतको टिम पनि आफ्नो पक्षमा मत माग्न शुक्रबार पनि घरदैलो अभियानमा व्यस्त छन् ।

    नेकपा माअ‍ोवादी केन्द्रको तर्फबाट मेयर र उपमेयरका प्रत्यासि बनेका रामलाल बिक र कालि चलाउने पनि आफ्नो पक्षमा मतमाग्न गाउँबस्तीमै पुगेका छन् । उता सदरमुकाम दुनै रहेको ठुलीभेरी नगरपालिकाको लागि मेयर उपमेयरका प्रत्यासी बनेका नेपाली काँग्रेसका मेयर उम्मेदवार सुवर्ण बुढा, एमालेको तर्फबाट मेयरका उम्मेदवार बनेका गणेशबहादुर शाही राप्रपाबाट उपमेयर बनेका योगेन्द्र बहादुर शाही र माओवादीको तर्फबाट उपमेयरका उम्मेदवार लक्ष्मीचन्द्र कार्कीले पनि प्रचारप्रसारलाई निरन्तरता दिएका छन् ।

    स्थानीय तह निर्वाचन निर्देशिका २०७३ दफा ६९ मा मौन अवधिमा प्रचारप्रसार निषेध गरिएको छ ।सोही निर्देशिकाको दफा ७० को उपदफा (१) मा मतदान हुने दिन भन्दा ४८ घन्टा अघि देखि मतदान पुरा नभएसम्म कुनै उम्मेदवार वा दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले प्रचारप्रसार गर्न सभाजुलुस गर्न नपाइने ब्यवस्था छ । तर, डोल्पामा खुलारुपमा मौन अवधिलाई समेत बेवास्ता गर्दै राजनीतिक दल दल सम्बद्ध उम्मेदवारले आफ्नो पक्षमा मत माग्ने कार्यलाई जारी राख्दै आएका छन् ।

    जिल्लामा निर्वाचनको मौन अवधिलाइ के राजनीतिक दलहरुले बेवास्ता गरेका नै हुन त भनेर जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी रामबहादुर बुढासँग प्रश्न गर्दा उनले भने ‘निर्वाचनको पर्यवेक्षण र अनुगमन गरिरहेका छौ, कसैले लिखत उजुरी मुख्य निर्वाचन अधिकृतको कार्यालयमा दिए छानवीन गर्छौ ।’

    निर्वाचन आचारसंहिता उल्लंघन नहोस भनेर निर्वाचन शिक्षा स्थानीय संचार माध्यमबाट सूचना जारी गरिरहेको पनि निर्वाचन अधिकारी बुढाले बताए । जिल्लास्थित मुख्य ठुला दलहरुले आफ्नो पक्षमा मत दिनका लागि र आफू मतदाताप्रति बिश्वस्त हुन ठाउँ ठाउँमा वोका (खसी) काटेर मतदातालाई प्रभावित बनाएको समेत स्थानीय मतदाताको भनाई छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij