आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कालिकोटमा मतपेटिका खोस्ने क्रममा घाइते भएका एक जनाको मृत्यु

  • प्रकाशित मिति : सोमवार, जेष्ठ १, २०७४



  • कालिकोट । कालिकोटको नन्दादेवी मावि सेरापाटामा मतपेटिका खोस्ने क्रममा भएको झडपमा घाइते भएका एक जनाको मृत्यु भएको छ ।

    सुरक्षाकर्मीले चलाएको गोली लागेर घाइते भएका नरहरीनाथ गाउँपालिका–६ बस्ने ४५ वर्षिय धनरुप बटालाको मृत्यु भएको हो ।

    यस्तै गोली लागेर घाइते भएका तीनमध्ये एक जनाको अवस्था गम्भीर छ । नरहरिनाथ गाउँपालिकाकै ३० वर्षका दानबहादार बटालाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

    यस्तै ३२ वर्षका कुलबहादुर बटाला र ४५ वर्ष व्यासी बिकलाई पनि गोली लागेको छ ।

    नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले मतपेटिका खोसेर जलाएपछि हिजो फायरिङ भएको थियो ।

    गोली लागि घाइते भएकाको अझै उपचारर हुन सकेको छैन । उपचारका लागि हेलिकोप्टर लिन गए पनि खराब मौसमका कारण अवतरण हुन नसकेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij