आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

मतगणना अति सुस्त, एउटै मत गणना गर्न तीन मिनेट

  • प्रकाशित मिति : मङ्लबार, जेष्ठ २, २०७४



  • स्थानीय तह निर्वाचनअन्तर्गत पहिलो चरणमा आइतबार भएको निर्वाचनको मतगणना अति सुस्त भएको छ ।

    काठमाडौं, जेठ २ । स्थानीय तह निर्वाचनअन्तर्गत पहिलो चरणमा आइतबार भएको निर्वाचनको मतगणना अति सुस्त भएको छ ।

    मतदान गरेकाहरुले परिणाम चाँडो सार्वजनिक होस् भन्ने प्रतिक्षा गरे पनि मतगणना भने सुस्त देखिएको हो ।

    मतगणना सुस्त हुनुलाई निर्वाचन आयोगले मतपत्रको जटिलता र धेरै उम्मेदवार रहनुलाई कारण देखाएको छ ।

    काठमाडौं महानगरलाई नै उदाहरणका रूपमा लिने हो भने यहाँको मतपत्रमा ३ सय ७४ फरक चिह्न छन् ।

    मतदातालाई चाहेको ठाउँमा मत हाल्न चिह्न भेट्न जति गाह्रो परेको थियो, गणनामा त्यही अवस्था दोहोरिएको छ ।

    एउटै मतपत्रबाट प्रमुख र उपप्रमुखसहित ७ स्थानको मत निक्र्याेल गर्न समय लागिरहेको छ ।

    मतगणनास्थलमा रहेका सबै दल र उम्मेदवारका प्रतिनिधिमध्ये कसैले राम्ररी नदेखे मतदान अधिकृतहरूले नजिक लगेर राम्ररी देखाउनुपर्छ ।

    त्यसले पनि गणनामा ढिलाइ भइरहेको छ । एउटै मत गन्न पनि ३ मिनेटसम्म लाग्ने गरेको देखिएको छ ।

    अधिकांश नगरपालिका र गाउँपालिकाले सबै वडाको मतपेटिका एकै ठाउँमा भेला पारेर एक–एक वडाको गर्दै गणना गरिरहेका छन् ।

    ढिलाइ हुनुको प्रमुख कारण यही हो । सामाजिक सञ्जालहरूमा यसको तीव्र आलोचना भइरहेको छ । अधिकांश सर्वसाधारणले जनशक्तिको अभाव वा अन्य के कारण हुन सक्छ भन्दै प्रश्न गरिरहेका छन् ।

    आयोगले जनशक्ति अभावलाई पनि अस्वीकार गरेको छ । राजनीतिक दलहरूले पनि ढिलाइप्रति गुनासो गरिरहेका छन् ।

    विज्ञहरूले एउटै निकायको मतगणना फरक–फरक ठाउँमा गर्न सकिने सुझाव दिएका छन् । अधिकांश ठाउँमा एउटै स्थानमा मात्र मतगणना भइरहेको छ ।

    विकल्पबारे आयोगले गहनतापूर्वक सोचिसकेको पनि छैन । प्रमुख, उपप्रमुखदेखि वडा सदस्यसम्मको मत एउटै मतपत्रमा भएकाले यसभन्दा तीव्र रूपमा गन्न भने सम्भव नभएका दलका प्रतिनिधिहरूको भनाइ छ ।

    निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले मतपत्रको जटिलता र धेरै उम्मेदवारका कारण गणनामा केही ढिलाइ भएको स्वीकार गरेका छन् ।

    उनले मतगणनामा तिव्रता ल्याउने लक्ष्यका साथ आयोगले काम सुरु गरेको बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij