आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

तीन वटा महानगरमा एमाले अगाडी, भरतपुरमा रेणु दाहालको अग्रता

  • प्रकाशित मिति : मङ्लबार, जेष्ठ २, २०७४



  • आइतबार भएको स्थानीय तहअन्तर्गतका चार वटा महानगरपालिकाको निर्वाचन परिणामप्रति धेरैको चासो देखिएको छ ।

    काठमाडौं, ललितपुर, भरतपुर र पोखरा–लेखनाथ महानगरपालिकामा कसले जित हात पार्छ भन्ने सर्वत्र चासो छ ।

    अहिलेसम्म तीन वटा महानगरको प्रमुखमा एमालेका उम्मेदवार अगाडि देखिएका छन् । काठमाडौं, ललितपुर र पोखरा–लेखनाथ महानगरपालिकामा एमालेका उम्मेदवार मतपरिणाममा अगाडि देखिएका हुन् ।

    त्यसैगरी भरतपुर महानगरमा भने नेकपा माओवादी केन्द्रका उम्मेदवार अगाडि छन् ।

    काठमाडौं महानगरमा एमालेका विद्यासुन्दर शाक्य मतपरिणाममा अग्रस्थानमा छन् ।

    काठमाडौंमा साझा पार्टीका उम्मेदवार किशोर थापा दोस्रो र नेपाली कांग्रेसका राजुराज जोशी तेस्रो स्थानमा छन् भने विवेकशील नेपाली पार्टीकी रन्जु दर्शना चौथो स्थानमा रहेकी छन् ।

    उता, पोखरा–लेखनाथ महानगरपालिकाको शुरुवाती नतिजामा एमाले उम्मेदवार मानबहादुर जिसी अग्रस्थानमा रहेका छन् ।

    नेकपा माओवादी केन्द्रसँग तालमेल गरेको कांग्रेसका उम्मेदवार रामजी कुँवर दोस्रो स्थानमा छन् ।

    त्यसैगरी ललितपुर महानगरपालिकाका पनि एमाले उम्मेदवार हरिकृष्ण ब्यञ्जनकार अग्रस्थानमा छन् ।

    ललितपुरमा एमाले र राप्रपाबीच चुनावी तालमेल भएको छ । नेपाली चिरीबाबु महर्जन भने दोस्रो स्थानमा छन् ।

    भरतपुर महानगरपालिकामा भने नेकपा माओवादी केन्द्रकी रेणु दाहाल अग्रस्थानमा छिन् ।

    उनलाई नेपाली कांग्रेसले समर्थन गरेको थियो । त्यसैगरी भरतपुरमा एमालेका देवी ज्ञवाली दोस्रो स्थानमा छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij