आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

गोलाप्रथाबाट छानिए वडा अध्यक्ष

  • प्रकाशित मिति : बुधबार, जेष्ठ ३, २०७४



  • नेपालगन्ज । स्थानीय तह निर्वाचनमा प्रदेश ६ का डोल्पा, जुम्ला र सल्यानका मतगणनामा रोचक घटना भएका छन् ।

    सल्यानको ढोरचौर गाउँपालिका–४ को वडाअध्यक्ष गोलाप्रथाबाट छानिएको छ । डोल्पाको मुडेचुला र जुम्लाको हिमा गाउँपालिकामा माओवादी केन्द्रले झिनो मत अन्तरले चुनाव जितेको छ ।

    सल्यानको ढोरचौर गाउँपालिका –४ का कांग्रेस र एमालेका वडाअध्यक्ष उम्मेदवारले बराबर मत ल्याएपछि गोलाप्रथाबाट नतिजा टुंग्याइएको हो । कांग्रेसका दिनेश बीएम र एमालेका देवेन्द्र रोका दुबैले ३ सय २१ मत प्राप्त गरेका थिए । वडा अध्यक्ष चयनका लागि गरिएको गोलाप्रथामा कांग्रेसका दिनेश बीएमले बाजी मारे ।

    डोल्पाको मुडेचुला गाउँपालिकामा माओवादी केन्द्रका दत्तबहादुर शाही निकटतम प्रतिद्वन्द्वी एमालेका लंकबहादुर रोकायभन्दा २ मत बढी अर्थात् ९ सय ३३ मत ल्याएर अध्यक्षमा विजयी भए ।

    जुम्लाको हिमा गाउँपालिकामा माओवादी केन्द्रका रजबहादुर शाहीले एमाले प्रत्याशी भैरबहादुर रोकायभन्दा तीन मत बढी ल्याएर अध्यक्ष जिते ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij