प्रकाशित मिति : बिहिबार, जेष्ठ ४, २०७४
काठमाडौं । नवलपरासीको मध्यविन्दु नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेसले बाजी मारेको छ । मेयरमा कांग्रेसका चन्द्रबहादुर राना विजयी भएका हुन् । रानाले १०,१९६ मत ल्याएर विजयी भएका हुन् ।
एमालेका रानाले ९ सय ६१ मतको फरकमा मेयर पदमा बाजी मारे । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका भिमलाल अधिकारीले १०,०६५ मत मात्र ल्याए ।
उपमेयरमा कांग्रेसकै ओमकुमारी महतोले निर्वाचित भएकी छन् । उनले १०,८३५ मत ल्याइन् । प्रतिस्पर्धि एमालेकी जोगमाया महतोले १०,०३३ मत मात्र ल्याइन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij