आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

यो कागताली कि जनताको खबरदारी !

  • प्रकाशित मिति : बिहिबार, जेष्ठ ४, २०७४



  • काठमाडौं, ४ जेठ ।  प्रचण्ड–देउवाको होस् कहिले खुल्ने ? स्थानीय तहको पहिलो चरणको निर्वाचनको मतपरिणाम सार्वजनिक भैरहेको बेला प्रमुख दल नेपाली काँग्रेस प्रमुख प्रतिपक्षी दल नेकपा एमालेभन्दा कमजोर बनेको भन्दै काँग्रेस शीर्ष नेताहरुले समिक्षा गरेका छन् । यो कागताली कि जनताको खबरदारी !

    चुनावी नतिजाले कांग्रेसमा उत्पात मच्चिएको छ । कस्ले समाल्ला अब काँग्रेस ? पार्टी भित्र र बाहिर शभापति देउवाको चर्को आलोचना भइरहेको छ । देउवाकै आँगनमा सुर्य उदायो : सभापतिबाट राजीनामा दिने कि ?  

    वास्तवमा नेपाली कांग्रेसका क्याडर कार्यकर्ता छैनन् । मासबेस पार्टी भएर नै होला ? नेतृत्वका बारेमा आम नागरिकले समेत खुलेरै चिन्ता ब्यक्त गर्न थालेकाछन् । प्रधानमन्त्रीपुत्री रेणु दाहालका लागि निर्वाचन फलामको च्यूरा !  

    बिहीबार पार्टी मुख्यालय सानेपामा बसेको काँग्रेस पदाधिकारी बैठकमा निर्वाचनको परिणामलाई लिएर शीर्ष नेताहरुवीच भनाभन समेत हो ।

    सभापति देउवाविरुद्ध निकै आक्रमक रुपमा बरिष्ठ नेता रामचन्द्र पौडेल प्रस्तुत भएका थिए । काङ्ग्रेस हराउन केसीलाई सफलता ! निर्वाचनको परिणामका विषयमा पार्टी सभापति देउवाले गम्भिर रुपमा सोच्नुपर्ने तर्क बरिष्ठ नेता पौडेलले बैठकमा खुलेरै राखे पछि खैलाबैला मच्चिएको हो । बरिष्ठ नेता पौडेलले कांग्रेसले आफ्नो गढमा चुनाव हारेको भन्दै यसको पछाडिको कारण नै पार्टी नेतृत्व रहेको दोष लगाए ।

    चुनौतीको भारी देउवालाई बोकाउँदै प्रचण्डद्वारा बहिर्गमनको निर्णय 

    उनको भनाई उद्धृत गर्दै स्रोतले भन्यो,‘आज तपाईले हेर्नुभयो भने कांग्रेसले आफ्नो गढमा चुनाव हारेको छ, यसको प्रमुख कारण भनेको नै सबैलाई मिलाएर लैजान नसक्नु हो, पार्टीभित्र मनपरीतन्त्र हावी भयो, यसमा अब तपाईले सोच्नुपर्छ।’चुनावी परिणामलाई लिएर पार्टी सभापतिविरुद्ध एकाएक नेता पौडेल पड्किएपछि देउवा बैठक छोडेर निस्किएका थिए । प्रचण्डकाे राजीनामापछि सत्ता दाैडमा एमालेका ‘स्ट्राइकर’ मैदानमा ! 

    पौडेलले आजै कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्कासँग गोप्य वार्ता समेत गरेकाछन् । पौडेल र खड्काबिच सानेपा स्थित खड्का निवासमा लामो वार्ता भएको थियो । दुई नेताविच भएको गोप्य वार्ताबारे केहि खुलाइएको छैन् ।

    उता, प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा दिनेबित्तिकै पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन गर्नेबारेमा पनि अनौपचारीक कुराकनी अघि बढेको छ ।

    न्यज अभियानबाट साभार ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij