आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

चाँगुनारायण भक्तपुरको पछिल्लो स्थितिः कांग्रेसकै वर्चश्व

  • प्रकाशित मिति : शनिबार, जेष्ठ ६, २०७४



  • भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका १ देखि चार वडासम्म मत गणना सकिएको छ।

    चाँगुनारायण नगरपालिका वडा नं १ मा कांग्रेसका वडाध्यक्ष विजयी भएका छन्। कांग्रेसले वडाअध्यक्षसँगै महिला सदस्य र दुई खुला सदस्यसमेत जितेको छ भने दलित महिला सदस्यमा राप्रपाले बाजी मारेको छ।

    वडाअध्यक्षमा कांग्रेसका राजेश खड्काले ९ सय २ मत पाएका छन्। उनका प्रतिद्वन्दी राप्रपाका ईश्वर थापाले ७ सय ९२ मत पाए।

    त्यस्तै महिला वडा सदस्यमा सचिला खड्काले ९ सय ५६ मत, खुला सदस्यमा उद्धव खत्रीले ९ सय २० मत र गणेश बहादुर श्रेष्ठले ९ सय ७३ मत ल्याई विजयी भएका छन् । राप्रपाकी दलित महिला सदस्यमा लीलामाया दर्जीले ६ सय ९२ मतले विजयी भइन्।

    वडा नं २ मा एक खुला सदस्य बाहेक सबैमा कांग्रेस विजयी भएको छ । वडा नं २ मा कांग्रेसले वडा अध्यक्ष, एक सदस्य, महिला सदस्य र दलित महिला सदस्यमा कांग्रेस विजयी भएका छन् भने एक खुला सदस्य जितेको छ।

    वडा अध्यक्षमा कांग्रेसका शिवहरि केसीले ८ सय ३७ मतले जितेका छन् । उनको प्रतिद्वन्दी एमालेका मनोज केसीले ७ सय ७७, राप्रपाका सन्तोष केसीले ५ सय २५ मत पाएका छन् ।

    त्यस्तै महिला वडा सदस्यमा कल्पनादेवी सुवालले ७ सय ८५ मत, दलित महिला सदस्यमा रेखा दुलाल अच्छामीले ८ सय मत र सदस्यमा सोमप्रसाद प्रधानले ८ सय ८९ मत ल्याई विजयी भएका हुन् । यस्तै एमालेका मोहन पोख्ररेलले ७ सय १८ मत ल्याई खुला सदस्यमा विजयी भए । त्यस्तै वडा नम्बर ३ मा वडाअध्यक्ष श्याम सुन्दर धिमात १३२६ एमाले विजयी भएको काग्रेसको वडा अध्यक्ष ११२८ मत , सदस्यहरुमा एमालेको विजयी महिला रमा थापा, दलीत सुष्मा सुनुवार, खुल्ला नवराज गेलाल, प्रेमबहादुर बाकु, वडा नम्पर ४को अध्यक्षमा एमालेको बुद्धिलाला महर्जजन, महिला सदस्यमा सपना तामा राम माया धिताल, रोज बहादुर तामाड, दिनेश खनाल विजयी भएका छन् ।

    नेकपा एमालेका तर्फबाट मेयरका उम्मेद्वार सोम मिश्रले ३८८६ मत र नेपाली कांग्रेसका राजाराम खड्काले ३१७० मत ल्याएका छन्। वडा नम्बरको चारको मत गणना भए पनि विवादका कारण वडा नम्बर चारको मत विवरण आउन ढिला भएको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij