आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सुर्यविनायक नगरपालिकामा एमाले विजयी

  • प्रकाशित मिति : आइतवार, जेष्ठ ७, २०७४



  • भक्तपुर । गत बैशाख ३१ सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणनाको परिणाम आउने क्रम जारी छ । अब केही स्थानको मात्र मतपरिणाम आउन बाँकी छ ।
    भक्तपुरको सुर्यविनायक नगरपालीकामा नेकपा एमालेका उम्मेदवार बिजयी भएका छन् । सुर्यविनायक नगरपालिका प्रमुखमा एमालेका बाबुदेव थापाले १२ हजार १ सय ३५ मत प्राप्त गरेर बिजयी भए ।

    उनका निकतम प्रतिद्धन्दी नेपाली कांग्रेसका बिष्णुराज कार्कीले १० हजार १ सय ७५ मत प्राप्त गरे ।

    नगर उपप्रमुखमा एमालेकी जुना बस्नेत बिजयी भएकी छन् । बस्नेतले १२ हजार ८ सय ३२ मत पाइन भने कांग्रेसकी कल्पना राजथलाले ८ हजार ९ सय ७ मत पाएकी थिइन् ।

    एमालेले सुर्यबिनायक नगरपालिका अन्तर्गतका १० वडा मध्य ७ वटा वडाध्यक्ष सहित पुरै प्यानल जितेको छ । जसमा क्रमश वडा नं १ सानुकाजी कायस्थ, ४ उत्तम थापा, ५ राजकुमार जोशी, ७ रबिन्द्र सापकोटा, ८ किरण थापा, ९ उपेन्द्र क्र सी र १० नम्बर वडामा शिवराम राउतले जितेका छन् ।

    उक्त नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट २ नम्बर वडामा कमल नथ आचार्य, ३ नम्बर वडामा शिवशरण खत्री र ६ नम्बर वडामा रामेश्वर धोजु निर्वाचित भएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij