प्रकाशित मिति : आइतवार, जेष्ठ ७, २०७४
रेसलिङको मोह विशेषगरी बच्चाहरु र युवामा रहेको हुन्छ । सुरुवातदेखि अहिलेसम्म यसको नाममा विभिन्न खाले परिवर्तन गरियो । अहिले यसको नाम डब्लूडब्लूई रहेको छ । हुन त डब्लूडब्लूई खेलको क्रममा को रेसलरले कसलाई हराए भन्ने कुराको जानकारी जो कोहीलाई पनि हुन्छ तर के तपाईंलाई थाहा छ, रिंगमा आफ्नो प्रतिद्वन्द्वीसँग झगडा गर्नका लागि अथवा तपाईंलाई मनोरञ्जन प्रदान गर्नका लागि कति पैसा लिन्छन् ? थाहा छैन भने आज हामी तपाईंलाई यसबारे जानकारी दिँदै छौं ।
१. ब्रोक लेसनरः
३९ वर्षका यी रेसलर कुनैबेला फुटबल खेलाडी थिए । ब्रोकले यो उमेरमा पनि थुप्रै युवा खेलाडीलाई रिंगमा हराउने गर्दछन् । उनी जब मैदानमा उत्रिन्छन् तब विरोधी डराउने गर्दछन् । उनी रिंगमा आफ्नो शक्ति प्रदर्शन गर्नका लागि वर्षीक १२ मिलियन डलर लिने गर्दछन् ।
२. जोन सिनाः
रेसलिङ जगतमा यो नाम निकै चर्चित छ । अमेरिकाका यी रेसलर बहुप्रतिभाशाली व्यक्तित्वका धनी हुन् । उनी रेसलरका साथै नायक, र्यापर र कार्यक्रम प्रस्तोता पनि हुन् । रेसलिङ खेलेबापत् उनी एक वर्षका लागि ८ मिलियन डलर लिन्छन् ।
३. ट्रिपल एचः
४७ वर्षका यी रेसलर पछिल्लो थुप्रै वर्षदेखि रिंगमा आफ्नो जादु छर्ने गर्दछन् । उनले थुप्रैपटक भयंकर चोटको समेत सामना गर्नुपर्यो । ट्रिपल एच वर्षको ३.८ मिलियन डलर लिने गर्दछन् ।
४. रोमन रेन्सः
३१ वर्षका यी रेसलरको जन्म रेसलिङ परिवारमा नै भएको हो । उनी २० वर्षको उमेरमा नै पिता बनेका थिए । रिंगभित्र आफ्नो प्रस्तुतीका लागि उनी वर्षमा ३.५ मिलियन डलर कमाउने गर्दछन् ।
५. डीन एम्ब्रोसः
रेसलिङका साथै फिल्ममा काम गर्ने डिनो एम्ब्रोसलाई एक उत्कृष्ट रेसलर मानिन्छ । उनलाई बाल्यकालदेखि नै रेसलिङमा रुची थियो । उनलाई रेसलिङ खेलेबापत् २.७ मिलियन डलर दिइन्छ ।
६. अण्डरटेकरः
निकै चर्चित अण्डरटेकरले डब्लूडब्लूईबाट केहि समय पहिले सन्यास लिएका छन् । ५२ वर्षका यी रेसलरले आफ्नो करियरको सुरुवात सन् १९८४ मा गरेका थिए । जब अण्डरटेकर रिंगमा थिए तब उनले एक वर्षका लागि २ मिलियन डलर दिने गरिन्थ्यो ।
७. रेन्डी ओर्टनः
अमेरिकाका व्यवसायिक रेसलर रेन्डी ओर्टन खानदानी रेसलर हुन् । उनका हजुरबुवा, बुवा र काका तीनैजना रेसलर थिए । रेसलिङ खेल्नुका साथै रेन्डी ओर्टनले फिल्ममा पनि काम गरेका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij