आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

मोर्चालाई निर्वाचनमा सहभागी हुन प्रधानमन्त्रीको आग्रह

  • प्रकाशित मिति : आइतवार, जेष्ठ ७, २०७४



  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसी मोर्चा र सङ्घीय गठबन्धनलाई सङ्घर्षको नयाँ रूप नअपनाई निर्वाचनमा सहभागी हुन आग्रह गरेका थिए ।

    जनकपुरधामबाट प्रकाशित हुँदै आएको जनकपुर टुडेको १८औँ वार्षिकोत्सव र ब्रोडसिट शुभारम्भ समारोहलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले संविधान संशोधन विधेयक पारित हुने सकारात्मक परिस्थितिको निर्माण हुँदै गइरहेकाले सबैले आपसी तालमेल गरी निर्वाचनमा जानु आवश्यक भएको धारणा राखे ।
    संविधान संशोधन विधेयक पारित गराउन लगातार प्रयासमा रहेकाले संशोधन विधेयकको मुद्दालाई चुनावमा लैजानसमेत उनले आग्रह गरे । मधेसी कार्यकर्तामाथि लगाइएको मुद्दा फिर्ताका सन्दर्भमा नियमावली कार्यविधि संशोधनको प्रक्रिया अगाडि बढाइएको प्रधानमन्त्री दाहालले जानकारी दिँदै मधेसका अन्य मुद्दाको सम्बोधनका बारेमा पनि घनीभूत रूपले संवाद भइरहेको छ भने ।

    प्रधानमन्त्री दाहालले संविधान संशोधन विधेयक पारितका लागि दुईतिहाई बहुमतको नजिकै रहेकाले नयाँ वातावरण र संविधानको स्वीकार्यता बढाउने दिशामा मोर्चा र गठबन्धनको अग्रसरताको खाँचौ औँल्याए ।
    आफू पनि मधेसबाट नै संसद्मा प्रतिनिधित्व गरिहेकाले मधेसको मागको गहिरो हेक्का रहेको बताउँदै उनले स्थानीय तहको सङ्ख्या वृद्धि सन्दर्भमा मन्त्रिपरिषद्बाट ऐतिहासिक निर्णय गर्न लागेको जानकारी दिए ।

    प्रधानमन्त्री दाहालले आफू मधेसका मुद्दालाई सक्ने जति सम्बोधन गराउने प्रयासमा छु भन्दै समस्या समाधानका लागि फुटेर होइन्, जुटेर लडनु आवश्यक भएको धारणा राखे ।

    सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले सङ्घीयता र गणतन्त्रका उपलब्धिलाई समाप्त गर्ने षडयन्त्र भइरहेकाले निर्वाचनलाई षडयन्त्रकारी विरूद्धको अस्त्रका रूपमा प्रयोग गर्ने वातावरण निर्माण गर्नु आवश्यक रहेको बताए ।

    राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले संविधान संशोधन नभएसम्म मधेसमा चुनाव हुन नसक्ने बताए ।
    सांसद डा. अमरेशकुमार सिंहले मधेससँग विभेद भइरहेकाले त्यसबाट मुक्तिको पहल र लोकतन्त्र, समावेशिता र धर्मनिरपेक्षताको रक्षार्थ सबैको ध्यानाकर्षण गराए ।

    जनकपुर टुडेका सम्पादक बृजकुमार यादवको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रधानमन्त्री दाहालले वरिष्ठ पत्रकार किशोर नेपाल र राजेश्वर नेपाली, निर्माण व्यवसायी बलराम महतो, संसदीय पत्रकार सङ्घका अध्यक्ष ओमप्रकाश यादवलाई सम्मान तथा पत्रकार काशिन्द्र शर्मा र सुरेश यादवलाई टुडे प्रतिभा पुरस्कार प्रदान गरेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij