आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

वनबाट यो आर्थिक वर्षमा दुई करोड आम्दानी

  • प्रकाशित मिति : आइतवार, जेष्ठ १४, २०७४



  • काठमाडौँ  । वन विभागले सामुदायिक वनबाट यो आर्थिक वर्षमा रु एक करोड ९१ लाख आम्दानी गरेको छ ।

    विभागले यो चालु आर्थिक वर्षको दश महिनामा बहुमूल्य काठ साल, सिसौ, खयर, चाँपलगायतका काठ बिक्रीबाट उक्त रकम सङ्कलन गरेको प्रवक्ता ईश्वरी पौडेलले जानकारी दिए ।

    विभागले सामुदायिक वनबाट आम्दानी भएको रकम समुदायलाई नै दिँदै आएपनि बहुमूल्य काठको बिक्री वितरणबाट जम्मा भएको रकमको १५ प्रतिशत भने सम्बन्धित जिल्ला वन कार्यालयले लिँदै आएको छ । विभागले आव २०७२÷७३ मा रु सात करोड आम्दानी गरेपनि यो वर्षभने धेरै कम आम्दानी गरेको हो ।

    विसं २०३० मा सिन्धुपाल्चोकको ठोकर्पा वनमा सिन्धुपाल्चोकका तत्कालीन प्रधानपञ्च नीलप्रसाद भण्डारीको योगदानमा सामुदायिक वनको अवधारणा सुरु भए पनि हाल नेपालमा १९ हजार ३६१ सामुदायिक वन छ । अहिलेसम्म ७४ जिल्लामा सामुदायिक वन छ भने मुस्ताङमा कुनै सामुदायिक वन छैन । उक्त सामुदायिक वनबाट हाल २४ लाख ६१ हजार ५४९ घरधुरी लाभान्वित भएको विभागले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij