आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सभापति देउवाले बोलाएको सर्वदलीय बैठक एमालेद्वारा वहिष्कार

  • प्रकाशित मिति : मङ्लबार, जेष्ठ १६, २०७४



  • काठमाडौं । आफ्नो नेतृत्वमा सहमतीय सरकार गठनका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बहिस्कार गरेको छ ।

    कांग्रेस सभापति देउवाले संसद् भवन नयाँबानेश्वरमा आज बोलाएको बैठक एमालेले बहिस्कार गरेको हो ।

    ससदमा प्रतिनिधित्व गर्ने सबै दलका नेतालाई बोलाएर देउवाले सहमतीय सरकार गठनका लागि सहयोग गर्न आग्रह गरेका थिए ।

    उनले नेपाली कांग्रेस संसद्को सबैभन्दा ठूलो दल भएको र पार्टी सभापति आफू भएकाले सहमतीय सरकार गठनको नेतृत्व गर्न चाहेको बताए । उनले आफूले सबैलाई मिलाएर अघि बढ्ने भएकाले सहयोग गर्न आग्रह गरेका थिए ।

    बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्वसहमतिअनुसार आफूले नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन गर्नका लागि राजीनामा दिएको भन्दै सकेसम्म सहमतीय सरकार नै गठन हुनुपर्ने बताए ।

    उनले सहमतीय सरकारको सम्भावना नभए कांग्रेसकै नेतृत्वमा बहुमतीय सरकार गठन हुने स्पष्ट पारे ।

    बैठकमा सहभागी अन्य राजनीतिक दलका नेताहरुले भने आफूहरुका मुद्दा सम्बोधन गर्ने सर्तमा कांग्रेसको नेतृत्वमा गठन हुने सरकारलाई सहयोग गर्ने आश्वासन दिएका छन् ।

    कांग्रेसले आजको बैठक प्रमुख प्रतिपक्षी दल एमालेले बहिस्कार गरेको भए पनि पुनः एक पटक छुट्टै छलफल गर्ने जनाएको छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिएपछि राष्ट्रपति भण्डारीले बिहीबार सहमतीय सरकारका लागि सात दिनको समय दिएको थियो ।

    राष्ट्रपतिले दिएको सहमतीय सरकार गठनको समयसीमा भोलि सकिँदैछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij