आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सडक बालकलाई स्याहार्न खोज्दा निरमायाले गुमाईन् ३ लाख

  • प्रकाशित मिति : बिहिबार, जेष्ठ १८, २०७४



  • सड्कमा वेवारिसे अवस्थामा भेटिएको बालकलाई उद्धार गरेर लालन–पालन गर्न खोज्दा काठमाडौंको गोठाटारकी निरमाया ढुंगेलले अनाहकमा ३ लाख ३७ हजार गुमाएकी छिन् ।

    काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–८ गोठाटार बस्ने निरमायाले चार दिनअघी बाटोमा बेवारिसे अवस्थामा फेला परेको १५ बर्षिय बालकलाई घरमा लगेकी थिईन् । स्याहार सुसार गरेर पढाउने उद्देश्यले घर लगेपनी गोपाल केसी नाम बताउने बालकले उल्टै घरमा कोही नभएको अवस्थामा निरमायाको धनमाल चोरेर फरार भएको प्रहरीले जनाएको छ ।
    महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार केसीले नगद २ लाख र सुनको सिक्री २ तोला समेत गरि करिब ३ लाख ३७ हजार रुपैयाँ बराबरको धनमाल चोरेर फरार भएका छन् । उनको खोजी भईरहेको छ ।

    यसैबिच, ललितपुर महानगरपालिका–१४ ताल्चीखेलस्थित डेरा गरी बस्ने ओखलढुङ्गा उबु–२ घर भएकी सिता कुमारी राईको कोठाबाट बुधबार कोही नभएको अवस्थामा करीब ४ लाख रुपैयाँ बराबरको सुनका गहना चोरी भएको छ ।

    त्यस्तै ललितपुर महानगरपालिका हरिसिद्धी स्थित राजेश विष्टको घरबाट बुधबार कोही नभएको अवस्थामा सुनचाँदीका गहना र नगद समेत गरी १ लाख ५१ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij