आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भरतपुरमा च्यातिएको मतपत्रको सङ्ख्या यकिन गरिँदै

  • प्रकाशित मिति : बिहिबार, जेष्ठ १८, २०७४



  • गत आइतबार राति मतपत्र च्यातिएपछि सिल गरेर राखिएको मतगणना केन्द्र खोलेर च्यातिएका मतपत्रको गणना सुरु गरिएको छ ।

    मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेका अनुसार मतपत्रको अवस्थाका बारेमा अध्ययन गर्न उम्मेदवार, तिनका प्रतिनिधि र पार्टीका प्रमुख गरी ४६ जनालाई मात्र छुट्टै अनुमतिपत्रको व्यवस्था गरी प्रवेश गर्न दिइएको छ । च्यातिएका मतपत्रको तथ्याङ्क लिएर निर्वाचन आयोगमा पठाइने उनले जानकारी दिए ।

    मतगणना स्थलमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र नेकपा (एमाले)ले छुट्टाछुट्टै ताला लगाएका थिए । दिउँसो २ः३० बजेदेखि ताला खोलेर च्यातिएका मतपत्रको अवस्था बुझ्ने र विवरण तयार गर्ने काम सुरु गरिएको छ ।

    यसअघि निर्वाचन आयोगले सहन्यायाधिवक्ता गीताप्रसाद तिम्सिनाको नेतृत्वमा आएको टोलीले घटनाका प्रत्यक्षदर्शी, राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि, मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखसँग जानकारी लिएको थियो ।

    सोको प्रतिवेदन टोलीले बुधबार बुझाएसँगै निर्वाचन आयोगले च्यातिएको मतपत्रको यकिन सङ्ख्या लिन मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिएको थियो ।

    एमालेले मतपत्र नेकपा माओवादी केन्द्रका प्रतिनिधिले च्यातेको आरोप लगाएको छ भने माओवादी केन्द्रले एमालेले मतपत्र च्यात्न थालेपछि जोगाउने क्रममा च्यातिएको जनाएको छ । माओवादी केन्द्रका दुईजना प्रतिनिधिलाई पक्राउ गरी जिल्ला अदालत चितवनमा मुद्दा दर्ता गरिएको छ ।

    भरतपुर महानगरपालिकाको वडा नं १९ को मतगणना अन्तिम चरणमा पुग्न लाग्दा मतपत्र च्यातिएको हो । अब वडा नं २० को मात्र मतगणना बाँकी रहेको छ ।

    महानगरपालिकामा प्रमुख पदमा एमालेका उम्मेदवार देवी ज्ञवाली माओवादी केन्द्रकी उम्मेदवार रेणू दाहालभन्दा ७३३ मतले अगाडि रहनुभएको छ । महानगरमा एक लाख १२ हजार ७४१ मत खसेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij