आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

जनप्रतिनिधिलाई आफूखुसी कार्यक्रम घोषणा नगर्न सरकारको निर्देशन

  • प्रकाशित मिति : शुक्रबार, जेष्ठ १९, २०७४



  • काठमाडौं । सरकारले स्थानीय निकायका नवनिर्वाचित पदाधिकारीलाई आफूखुसी कार्यक्रम घोषणा नगर्न निर्देशन दिएको खबर आजको अन्नपूर्ण पोस्टमा छ । मुख्यसचिव सोमलाल सुवेदीले बिहीवार अर्थ मन्त्रालय, स्थानीय विकास मन्त्रालय र राष्ट्रिय योजना आयोगका सचिवलाई बोलाएर स्थानीय तहका प्रतिनिधिलाई कार्यक्रम घोषणा गर्न तत्काल रोक्ने गरी परिपत्र गर्न निर्देशन दिएका हुन् ।

    स्थानीय विकास मन्त्रालयले तत्काल निर्वाचन सम्पन्न भएका स्थानीय तहमा आफूखुसी कार्यक्रम रोक्न निर्देशन दिने भएको छ । ‘स्थानीय तह स्थानीय सरकार भएकाले त्यसका प्रतिनिधिले आफूखुसी कार्यक्रम घोषणा गर्न मिल्दैन’, योजना आयोगका सचिव विष्णुप्रसाद लम्सालले अन्नपूर्णसँग भन्नुभयो, ‘त्यसले विकृति ल्याउने र आर्थिक अपारदर्शिता बढ्ने भएकाले बजेट र कार्यक्रम बनाएर परिषद्बाट अनुमोदन गरेर मात्रै नयाँ कार्यक्रम घोषणा गर्न स्थानीय विकास मन्त्रालयले परिपत्र जारी गर्ने निर्णय भएको छ ।’

    बैठकले स्थानीय तहमा केन्द्रले दिने बजेट रातो किताबको भाग २ मा परेकाले सोहीअनुसार कार्यक्रम मात्रै लागू गर्न र नयाँ कार्यक्रम घोषणा गर्न नहुने निर्णय गरेको छ । मुख्यसचिव सुवेदीले अर्थ मन्त्रालय र स्थानीय विकास मन्त्रालयलाई विनियोजन विधेयकबमोजिम कार्यविधि र मापदण्ड बनाउन निर्देशन दिएका छन् ।उक्त विधेयकबमोजिम कार्यविधि र मापदण्ड नबनाउँदासम्म र स्थानीय तहको परिषदअघि कुनै पनि तदर्थ निर्णय नलिन निर्देशन दिएको हो । बैठकले स्थानीय तहको सम्भावित वित्तीय जोखिम न्यूनीकरण एवं मूल्यांकनका लागि आवश्यक मापदण्ड बनाउन निर्देशन दिएका छन् ।

    सबै आर्थिक अधिकार स्थानीय तहमा गएकाले त्यसको दुरुपयोग हुन्छ कि भन्ने विषयमा सरकारले चिन्ता जनाएको हो । बैठकले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहमा हुनसक्ने सम्भावित वित्तीय जोखिम न्यूनीकरण एवं मूल्यांकनका लागि आवश्यक मापदण्ड बनाएर जारी गर्ने पनि निर्णय गरेको छ ।

    यस्तै मुख्यसचिव सुवेदीले नेपालको संविधान र प्रस्तावित अन्य ऐन-कानुन अनुकूल हुनेगरी अर्थ मन्त्रालयलाई वैदेशिक सहायता नीति परिमार्जन गरी कार्यान्वयन गर्न निर्देशन दिएका छन् । नयाँ संविधान र ऐन बनेपछि पुरानो वैदेशिक सहायता नीति पनि परिवर्तन गर्नुपर्ने भन्दै सुवेदीले त्यस्तो निर्देशन दिएका हुन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij