आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

डडेलधुरामा माओवादी केन्द्रले उम्मेदवार टुंग्यायो (नामावलीसहित)

  • प्रकाशित मिति : शनिबार, जेष्ठ २०, २०७४



  • दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र) डडेल्धुराले उम्मेदवारको टुंङ्गो लगाएको जनाएको छ ।

    जिल्ला संयोजक मानसिंह माल (क्रान्ति) का अनुसार डडेल्धुरा जिल्लाका ५ वटा स्थानीय तहमा उम्मेदवार टुंगो लगाएको हो । डडेल्धुरा सदरमुकाममा रहेको अमरगढी नगरपालिका र नवदुर्गा गाउँपालिकामा भने उम्मेदवार टुंगो लगाउन बाँकी छ ।

    माओवादी केन्द्रले अमरगढी नगरपालिकाको मेयरमा र उपमेयरमा धेरै आकांक्षी भएकाले प्रमुख र उपप्रमुखको टुङ्गो लगाउन सकेको छैन । वडाध्यक्षका उम्मेदवार भने पनि तय गरिएको छ ।
    यस्तै, परशुराम नगरपालिकाको मेयरमा शेरसिंह माल (डायमण्ड) र उपमेयरमा बिम्ला महतलाई उम्मेदवार बनाउने केन्द्र निर्णय गरेको छ ।

    यसैगरी, आलिताल गाउँपालिकाको माओवादी केन्द्रका पोलटव्युरो सदस्य जगत पार्कीलाई अध्यक्षको उम्मेदबार बनाएको छ भने उपाध्यक्षमा सुशीला खत्री उम्मेदवार बनाएको छ ।

    अजयमेरु गाउँपालिकामा अध्यक्षका उम्मेदवार पनि र केन्द्रले चयन गरेको छ । पूर्व जिल्ला सचिव उमेशप्रसाद भट्ट (विकास) लाई अध्यक्ष र उपाध्यक्षमा कलावती कुमाल उम्मेदवार चयन गरेको छ ।
    यस्तै, गन्यापधुरा गाउँपालिकाको अध्यक्षमा ईश्वरी भण्डारी र उपाध्यक्षमा उम्मेदवार चयन गर्ने निर्णय बाँकी रहेको माओवादी केन्द्रले जनाएको छ ।

    भागेश्वर गाउँपालिकाको अध्यक्षमा ओमप्रकाश साउद उम्मेदवार चयन गरेको छ भने उपाध्यक्ष चयन गर्न बाँकी रहेको छ । नवदुर्गा गाउँपालिकामा भने उम्मेदवार चयन गर्न बाँकी रहेको नेकपा (माओवादी केन्द्र) डडेल्धुरा जिल्ला संयोजक मानसिंह माल क्रान्तिले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij