आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पतिसँग देख–भेट नै भएन, पतिकै नाममा ९० लाख क्षतिपूर्ति पाइन् यिनले

  • प्रकाशित मिति : आइतवार, जेष्ठ २१, २०७४



  • एक सेकेन्ड पनि पतिसँगै देखभेट–उठबस नगरी हकदारका रूपमा ९० लाखभन्दा बढी रकम बुझ्दा नन्दनी माली अचम्ममा परेकी छन् ।

    रुपन्देही शुद्दोधन नगरपालिका निवासी उनी कतारको दोहामा ज्यान गुमाएका पति नन्दकुमार पासीको वियोगमा छिन् । उनीहरूको जोडी अभिभावकले बाल्यकालमै जुराइदिएको हो ।

    वैदेशिक रोजगारका लागि कतारको दोहामा रहेका २३ वर्षीय नन्दकुमारको कामकै सिलसिलामा ज्यान गएको हो । नन्दकुमार १८ वर्षमा कतार गएका थिए । ‘पैसा त पाएँ तर उनीसँग एक सेकेन्ड पनि देखभेट उठबस गर्न नपाई जीवनभरका लागि गुमाएँ । अब एक्लो जीवन कसरी बिताउने ?’ उनले भनिन् ।

    अभिभावकले सानैमा विवाह गरिदिएको उक्त जोडीको गौनासम्म भएको थिएन । अहिले पनि मधेसी समुदायमा चार चरणमा विवाह हुने प्रचलन कायम छ । बच्चा जन्मनेबित्तिकै अभिभावकले आफूलाई मन परेका व्यक्तिका छोराछोरीसँग विवाह गरिदिने वाचा गर्छन् । छोरी बाल्यकालमा पुगेपछि केटाको घरमा गई नगद, फलफूल सामान दिने ‘तिलक’ प्रचलन छ । तिलकपछि विवाह गरिन्छ । केटीलाई माइतै छाडेर दुलाहा घर फर्कन्छन् । केटाकेटी किशोर अवस्थामा पुगेपछि विवाह भएको बिजोर वर्ष पारी गौना गर्ने चलन छ । गौना भएपछि मात्रै केटीको घरजम सुरु हुन्छ ।

    मधेस–तराईमा नन्दकुमार र नन्दनीकै जसरी बाल्यकालमै विवाह गरिदिने चलन अहिले पनि छ । हुर्के बढेपछि भनेजस्तो केटा–केटी नपाइने तथा दाइजो पनि धेरै दिनुपर्ने प्रचलन रहँदा मधेसका धेरै विपन्न समुदाय चेपुवामा छन् । त्यसैले बोझ हल्का गर्न सानैमा छोरीको विवाह गरिदिने चलन रुपन्देहीलगायत तराईका जिल्लामा कायमै छ ।

    बालविवाह गर्न कानुनले प्रतिबन्ध लगाए पनि लुकिछिपी ग्रामीण भेगमा चलिरहेको छ । तराई मधेसमा रहेको परम्परा पछ्याउँदै यसरी नै लगनगाँठो कस्सिएको हो । २१ वर्षीय नन्दनी र २३ वर्षीय नन्दकुमारको भौतिक रूपमा भेटघाट नभईकनै विछोड भएको छ ।

    तीन वर्षपहिला नन्दकुमारको कतारको दोहामा काम गर्दैगर्दा क्रेनले चेपिएर मृत्यु भएको थियो । नन्दकुमारको क्षतिपूर्ति एवं बिमाबापत पाउने ९० लाख रुपैयाँ उनका हकदारले पाएका हुन् । शुद्दोधन नगरपालिका–७ निवासी २१ वर्षीया नन्दनीले ९० लाख १७ हजार ५ सय १२ रुपैयाँ जिल्ला प्रशासन कार्यालय रुपन्देहीमार्फत बुझेकी छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij