आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

प्रधानमन्त्री चयनका लागि हुने निर्वाचन अनिश्चित, एमालेले संसद अवरोध कायमै राख्ने

  • प्रकाशित मिति : आइतवार, जेष्ठ २१, २०७४



  • संसद्बाट आज हुने भनिएको नयाँ प्रधानमन्त्री चयन अनिश्चित बनेको छ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेअनुसार संसद् सचिवालयले प्रधानमन्त्री चयन प्रक्रिया शुरु गरे पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद्मा अवरोध जारी राख्ने भएपछि प्रधानमन्त्री चयन अनिश्चित बनेको हो ।

    मुलुकको ४० औं प्रधानमन्त्रीका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको मात्र उम्मेदवारी परेको छ । संसद् सचिवालयले प्रधानमन्त्री चयनका लागि मतदान गर्ने कार्यतालिका आजका लागि राखे पनि एमालेको अवरोध नहट्ने संकेत देखिएपछि प्रक्रिया कसरी अगाडि बढाउने भन्नेमा सभामुख ओनसरी घर्ती अन्योलमा परेकी छन् ।

    एमालेले चितवनको भरतपुर महानगरपालिकाको मतगणना शुरु हुनुपर्ने माग गर्दै संसद् बैठक अबरुद्ध गर्दै आएको छ ।  बिहान ११ बजेका लागि बोलाइएको संसद् बैठकअघि सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएर सहमति खोज्ने प्रयास गरेकी छन् ।  बैठकमा सहमति जुट्न नसकेमा सभामुखसमक्ष तीन वटा विकल्प हुने छन् ।

    सभामुख घर्तीसँग अवरोधका बीच प्रधानमन्त्री चयन प्रक्रिया अघि बढाउने, बैठक अवरोध गर्ने सांसदलाई मार्सल लगाएर बैठकस्थलबाट बाहिर निकाल्ने वा बैठक सार्ने विकल्प छन् ।  प्रधानमन्त्रीका लागि एक जनाको मात्र उम्मेदवारी परे पनि संसदीय नियमअनुसार संसद्मा मतदान गर्नैपर्छ । मतदानमा उम्मेदवारले बहुमत सिद्ध गर्नुपर्छ ।

    सभापति देउवाका पक्षमा अहिलेसम्म ३ सय ११ जना सांसदको समर्थन रहेको कांग्रेसले जनाएको छ । संसद्मा अहिले कायम रहेको ५ सय ९३ को बहुमत पुर्‍याउन २ सय ९७ जना सांसदको समर्थन आवश्यक पर्छ

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij