आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

“भरतपुर महानगरपालिकाको विवाद समाधान नभएसम्म संसद चल्न दिँदैनौं”-एमाले

  • प्रकाशित मिति : सोमवार, जेष्ठ २२, २०७४



  • प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भरतपुर महानगरपालिकाको मतगणना विवाद समाधान नभएसम्म प्रधानमन्त्री निर्वाचन हुन नदिने अडान लिएको छ ।

    एमाले उपाध्यक्ष भीम रावलले भरतपुर महानगरपालिकाको मतगणना विवाद समाधान गर्न सत्तारुढ काँग्रेस र माओवादी केन्द्र तयार नभई प्रधानमन्त्री निर्वाचन प्रक्रिया अघि बढाउन दिन नसकिने प्रष्टयाएका हुन् ।

    सोमबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले सत्ता पक्षकै कारण प्रधानमन्त्री निर्वाचन प्रक्रिया अघि बढन नसकेको आरोप समेत लगाए ।

    एमालेले सरकार तथा सत्तारुढ काँग्रेस/माओवादीे केन्द्रकै दवावमा निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुन मतदान गर्न निर्देशन दिएको दावी गर्दै मान्य नहुने चेतावनी दिँदै आएको छ ।

    एमालेले भरतपुर महानगरपालिकामा पुनः मतगणना गर्न माग गर्दै संसद बैठक अवरुद्ध पार्दै आएको छ । एमालेले संसद बैठक अवरुद्ध गरेकै कारण प्रधानमन्त्री निर्वाचन पनि प्रभावित भएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij