प्रकाशित मिति : बुधबार, जेष्ठ २४, २०७४
चिलिमे जलविद्युत् कम्पनीबाट विगतमा वितरित सेयरबाट फाइदा पुगेपछि मैलुङ जलविद्युत् आयोजनाको सेयर खरिदका लागि स्थानीय बासिन्दा उत्साहित भएका छन् ।
सेयरको महत्व र फाइदाको विषयमा जानकारी लिएपछि स्थानीयवासी मैलुङखोला जलविद्युत् आयोजनाको सेयर खरिदका लागि खाता खोल्ने तथा सेयर फारम भर्ने कार्यमा लागेका छन् ।
मैलुङखोला जलविद्युत् कम्पनीले अतिप्रभावित पार्वतीकुण्ड र उत्तरगयाका बासिन्दालाई एकलाख ८४ हजार ७२ कित्ता र जिल्लाका अन्य क्षेत्रका बासिन्दाका लागि सोही बराबरको कित्ता छुट्टयाएको छ । गत जेठ १७ गतेदेखि सेयर बिक्रीको आह्वान गरेपछि सयेर भर्नेको सङ्ख्या बढ्दै गएको जनता बैंक धुन्चे शाखाका प्रमुख सुभाष पराजुलीले जानकारी दिए।
धुन्चेस्थित जनता बैंक, स्याफ्रुबेँसीमा रहेको प्रभु बैंक, कालिकास्थानस्थित आइसिएफसी सहकारी र बेत्रावतीस्थित हिमालय बैंकबाट सर्वसाधारणले सेयर फारम भरिरहेका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij