आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

प्रधानमन्त्री देउवालाई भुटानी शरणार्थीको बधाई

  • प्रकाशित मिति : बिहिबार, जेष्ठ २५, २०७४



  • नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा निर्वाचित भएकोमा पूर्वमा शरणागत भुटानीहरुले बधाई तथा शुभकामना पठाएका छन् ।

    नेसनल रिकन्सिलेसन कमिटी भुटानले आज बधाई पत्र पठाउँदै नवनिर्वाचित प्रधानमन्त्री देउवाको कार्यकालमा भुटानी शरणार्थी स्वदेश फिर्तीको वातावरण निर्माण हुने विश्वास लिएका छन् । झापा र मोरङका दुईवटा शिविरमा लामो समयदेखि आश्रित रहेको तथा हालसम्म पनि स्वदेश फिर्तीको पहल नभएको स्मरण गराउँदै प्रधानमन्त्रीबाट यस मामिलामा सकारात्मक पहल हुनेछ भन्ने जारी बधाई पत्रमा उल्लेख छ ।

    भुटानी शरणार्थी समस्याको दिगो समाधान स–सम्मान स्वदेश फिर्तीमात्र भएको उल्लेख गर्दै सो कमिटीले स्वदेश फिर्तीको विकल्पलाई थाती राखेर तेस्रो मुलुकमात्र पुनर्वास गराउने शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संस्था (युएनएचसिआर) को विकल्पले भुटानी शरणार्थीको भविष्य अन्योल बनाएको जनाइएको छ । कमिटीका संयोजक कृष्णवीर तामाङद्वारा हस्ताक्षरित विज्ञप्तिमा विगतमा नेपाली काँग्रेसको सरकार रहँदा शरणार्थीलाई गाँस, वास, कपास उपलब्ध गराएकाले अब उनको कार्यकालमा भुटानी शरणार्थी समस्याको न्यायोचित तथा दीर्घकालीन समस्या समाधान हुने अपेक्षा गरिएको छ ।

    यसैगरी कमिटीले संयुक्त राष्ट्रसङ्घ शरणार्थी उच्चायोगलाई समेत पुनः स्मरणपत्र पठाउँदै भुटानी शरणार्थी समाधानका लागि अख्तियार गरिएको विकल्पमध्ये स्वदेश फिर्तीको प्रस्ताव गरिए पनि त्यसअनुरुप काम हुन नसक्दा पूर्वी नेपालका शिविरमा आश्रित भुटानी शरणार्थी मारमा पर्नुपरेको उल्लेख गरिएको छ । कमिटीले स्वदेश फर्कन पाउने शरणार्थीहरुको अधिकार सुरक्षित रहेकाले भुटान सरकारलाई आफ्ना नागरिक लैजान दबाब दिन आग्रह गरेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij