प्रकाशित मिति : शुक्रबार, जेष्ठ २६, २०७४
बुटवल । देश मध्य भागमा रहेको प्रमुख ब्यापारिक केन्द्र मानिने बुटबल उपमहानगरपालिकामा नेपाली काँग्रेस, माओवादी केन्द्र र जनमुक्ति पार्टीबीच चुनावी तालमेल गरिएको छ । तालमेल गरी विभिन्न वडामा उम्मेदवारी घोषणा गरिएको छ ।
तालमेलअनुसार वडा नम्बर ७ मा नेपाली काँग्रेसका वडा अध्यक्षमा कृष्णप्रसाद ज्ञवालीलाई उम्मेवारी बनाइएको छ भने माओवादी केन्द्र र जनमुक्ति पार्टीले दुई दुई सदस्य पाएका छन् ।
चुनावीतालमेल गरेपछि विभिन्न वडामा काँग्रेस, माओवादी जनमुक्ति पार्टीले संयुक्त घरदैलो कार्यक्रम पनि गरेका छन् । बुटवल उपमहानगर–८ मा शुक्रबार नेपाली काँग्रेस तथा जनमुक्तिको संयुक्त प्यानलका उम्मेदवारहरुले घरदैलो गरेका छन् ।
घरदैलोका क्रममा स्थानीयले सडक, खानेपानी, ढल निकासको समुचित प्रवन्ध मिलाउन उम्मेदवार समक्ष माग गरेका छन् ।
शुक्रवार सम्पन्न नेपालीकांग्रेसको क्रियाशील सदस्यको भेलाले शनिबार वडामा संयुक्त ¥याली प्रदर्शन गर्ने निर्णय गरेको छ ।
३१ युवा काँग्रेस प्रवेश
यस्तै, शुक्रबार भएको एक चुनावी कार्यक्रममा विभिन्न पार्टीका ३१ युवा नेपाली काँग्रेस प्रवेश गरेका छन् । उनीहरुलाई बुटवल उपमहानगर पालिकाकाका मेयरका उम्मेदवार खेलराज पाण्डे, महाधिवेशन प्रतिनिधि युवराज गिरी, वडा सभापति कृष्णप्रसाद ज्ञवालीले पार्टी प्रवेश गराएका हुन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij