आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

एमाले अवसरवादी पार्टीः प्रचण्ड

  • प्रकाशित मिति : शनिबार, जेष्ठ २७, २०७४



  • काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले अवसरवादी भएको आरोप लगाउँदै सम्पुर्ण परिर्वतनको केन्द्रविन्दु माओवादी पार्टी भएको दाबी गरेका छन् ।

    शनिबार विहान लाजिम्पाटस्थित आफ्नै निवासमा पार्टी प्रवेश कार्याक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादीको नेतृत्वका कारण नै मुलुकमा परिर्वतनको महसुस गर्न सकिएको दाबी गरेका हुन् ।
    माओवादी नेतृत्वले नै संघीय लोकताीन्त्रक गणतन्त्रलाई संस्थागत गर्दै संविधानको स्वीकार्यता बढाई त्यसलाई संस्थागत गर्ने कुरामा गम्भीर पहल कदमी लिएको भन्दै उनले त्यसले जनतामा या आशा र विश्वासको संचार गराएको बताए ।
    आफुले दोश्रो पटक सरकारको नेतृव्त गरेर वाहिरीदै गर्दा केही मान्यता स्थापित गर्न सकेको भन्दै उनले त्यसले नै मुलुकलाई सफल राष्ट बनाउने दाबी समेत गरे ।
    प्रचण्डले पार्टी बाट भिन्न भएका विप्लव नेतृत्वको समुह र बैद्य नेतृत्वको समुहलाई कुनै भ्रममा नपरी पार्टीमा एकत्रित हुन आव्हान समेत गरे ।
    प्रचण्डले मुलुकलाई आर्थिक सम्वृद्धिको बाटोमा लैजान संविधानको स्वीकार्यता बढाउदै सफल कार्यान्वयनका लागि दोश्रो चरणको स्थानीय तहको निर्वाचनको साथै प्रदेश र केन्द्रको निर्वाचन माघ ७ गते भित्रै सम्पन्न गर्नुपर्ने मुल जिम्मेवारी पुरा गर्नुपर्ने एकजुट हुन पनि कार्यकर्तालाई निर्देशन दिए ।
    कार्यक्रममा विप्लव, बैद्य समुहका साथै राप्रपा र एमालेबाट माओवादी केन्द्रमा प्रवेश गरेका कार्यकर्तालाई अध्यक्ष प्रचण्डले स्वागत गरेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij