आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

मोहन वैद्य किरणले पटक–पटक प्रचण्डलाई चेतवानी

  • प्रकाशित मिति : आइतवार, जेष्ठ २८, २०७४



  • काठमाड । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरणले पटक–पटक एकताको आव्हान नगर्न प्रचण्डलाई चेतवानी दिएका छन् । प्रचण्डले वैद्य र विप्लवसँग पनि एकताका लागि पहल भैरहेको अभिव्यक्ति दिएपछि वैद्यले आइतवार विज्ञप्ती निकालेर यस्तो चेतावनी दिएका हुन् ।

    वैद्यले विगतमा आफुले चालेको कदम ठीक भएको भन्दै मूल नेतृत्वद्वारा बारम्बार गरिने यसप्रकारको एकताको आव्हान नेपालमा क्रान्तिकारुलाई ध्वस्त पार्नका निम्ति गरिएको वैदेशिक प्रतिक्रियावादद्वारा निर्देशित दक्षिणपन्थी संशोधनवादी षड्यन्त्रबाहेक अरु केही नभएको वैद्यको भनाई छ ।

    ‘केही दिनयता माओवादी केन्द्रको मूल नेतृत्वद्वारा पार्टी एकताका लागि आव्हान गरिएका समाचार आइरहेका छन् । यस प्रकारका समाचारबाट विभ्रम पैदा हुने भएकाले त्यसबारे पार्टी धारणा सार्वजनिक गर्न आवश्यक देखिएको छ । माओवादी केन्द्रको मूल नेतृत्वले नेपाली नयाँ जनवादी क्रान्ति, जनयुद्ध र साम्यवादको उदात्त आदर्शप्रति गम्भीर विश्वासघात र देशी तथा विदेशी वर्गदुश्मनहरुसित आत्मसमर्पण गरेकाले हामीले त्यसप्रकारको नेतृत्वका विरुद्ध विद्रोह तथा सम्बन्धविच्छेद गरी नयाँ पार्टी निर्माण गरेको कुरा प्रष्ट नै छ । र, हाम्रो त्यो कदम सही नै थियो भन्ने कुरा अहिलसम्म आउँदा राम्रोसित प्रमाणित समेत भइसकेको छ ।’ वैद्यको विज्ञप्तीमा छ, ‘माओवादी केन्द्रको मूल नेतृत्वद्वारा बारम्बार गरिने यसप्रकारको एकताको आव्हान नेपालमा क्रान्तिकारुलाई ध्वस्त पार्नका निम्ति गरिएको वैदेशिक प्रतिक्रियावादद्वारा निर्देशित दक्षिणपन्थी संशोधनवादी षड्यन्त्रबाहेक अरु केही होइन भन्ने कुरा पनि अब छर्लङ्ग भइसकेको छ ।’

    वैद्यले विज्ञप्तीमा आफ्नो पार्टीले सच्चा क्रान्तिकारी कम्युनिष्टहरुसित गरिने पार्टी एकतासम्बन्धी दृष्टिकोण पनि सार्वजनिक गर्दै आएको पनि बताएका छन् । ‘हाम्रो पार्टी माक्र्सवाद–लेनिनवाद–माओवाद, नयाँ जनवाद, वलप्रयोगको सिद्धान्त, वैज्ञानिक समाजवाद तथा साम्यवादलाई स्वीकार्ने, साम्राज्यवाद, विस्तारवाद तथा सबैखाले संशोधनवाद मुख्यतः दक्षिणपन्थी संशोधनवादका विरुद्ध संघर्ष गर्न तयार हुने र वर्तमान प्रतिक्रियावादी राज्यसत्ता, संविधान तथा व्यवस्थाको विरोध गर्ने सच्चा कम्युनिष्ट क्रान्तिकारीहरुलाई एकताबद्ध गरी नयाँ ढंगको कम्युनिष्ट पार्टी निर्माण गर्न तयार छ । र, यस निम्ति आवश्यक छलफल तथा बहसको प्रक्रियालाई अगाडि बढाउन हामी सम्बन्धित सच्चा कम्युनिष्ट कमरेडहरुसित विशेष अनुरोध पनि गर्दछौं । ’ वैद्यको विज्ञप्तीमा छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij