आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सबै स्थानीय तहमा दुई महिनाभित्र वाणिज्य बैंकको शाखा खोल्न निर्देशन

  • प्रकाशित मिति : सोमवार, जेष्ठ २९, २०७४



  • संसदीय समितिले सबै स्थानीय तहमा दुई महिनाभित्र वाणिज्य बैंकको स्थापना गर्न सरकारलाई निर्देशन दिएको छ।

    व्यवस्थापिका संसद अन्तर्गतको विकास समितिको सोमबार बसेको बैठकले स्थानीय तहको आर्थिक क्रियाकलापलाई व्यवस्थित गर्न तत्काल बैंक स्थापना गर्न अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकलाई  निर्देशन दिएको हो।

    आर्थिक क्रियाकलापलाई पारदर्शी बनाउन पनि हरेक स्थानीय तहमा बैंक स्थापना गर्नुपर्ने आवश्यक्ता भएकाले दुई महिनाभित्र त्यसको व्यवस्था गर्न सरकारलाई निर्देशन दिइएको समितिका सभापति रविन्द्र अधिकारीले जानकारी दिए।।

    समितिको बैठकमा स्थानीय तहको नीतिगत, संरचनागत र जनशक्ति व्यवस्थापनाका विविध विषयमा सम्बन्धित मन्त्रालयका सचिवहरुसँग सामुहिक छलफल भएको थियो ।

    विकास समितिले हालसम्म अस्तित्वमा रहेको नगर विकास समितिलाई खारेज गरी सम्बन्धित स्थानीय तहमा समायोजन गर्न पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सहरी विकास मन्त्रालय र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई सचेत गराएको छ। त्यसैगरी स्थानीय तहको संचालनका लागि आवश्यक कानुन नबनेसम्मका लागि आवश्यक कार्यविधिहरु असार मसान्त अघि नै तयार पारी कार्यान्वयनमा ल्याउन पनि सरकारलाई निर्देशन दिइएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij