आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

झापामा चुनाव तयारी अन्तिम चरणमा, दलहरु जुटे प्रचारमा

  • प्रकाशित मिति : शुक्रबार, असार २, २०७४



  • झापा  । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा झापामा पनि चुनावी तयारी अन्तिम चरणमा पुगेको छ ।

    राजनीतिक दलहरुले चुनावी प्रचार तीव्र बनाइरहँदा जिल्ला निर्वाचन कार्यालय झापाले चुनावी तयारी अन्तिम चरणमा पुगेको जनाएको हो ।

    जिल्ला निर्वाचन प्रमुख गोपालप्रसाद आचार्यले झापाका सबैमा स्थानीय तहमा निर्वाचन सामग्री पठाउन लागिएको बताए । आठ नगरपालिका र सात गाउँपालिकासहित १५ स्थानीय तह भएको झापामा यसपटक पाँच लाख १० हजार दुई सय १६ जना मतदाताले आफ्नो अधिकार प्रयोग गर्दै छन् ।

    यसका लागि ६ सय ३७ मतदान केन्द्र र दुई सय ८३ मतदानस्थलको व्यवस्था मिलाइएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । निर्वाचनको माहोल तातिदै गर्दा निष्क्रिय बसेका कांग्रेस, एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ता यतिबेला आफ्ना उम्मेदवारलाई साथमा लिएर घरदैलो अभियानमा जुटिरहेका छन् ।

    चुनावी प्रचार अभियान तीव्र भइरहँदा ठूलापार्टीको ध्यान झापाका प्रमुख स्थानीय तहमा आफ्नो पार्टीलाई कसरी जिताउने भन्नेमा बढी केन्द्रीत भएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij