आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन र चिह्न आज प्रदान गरिने

  • प्रकाशित मिति : मङ्लबार, असार ६, २०७४



  • स्थानीय तह दोस्रो चरणको निर्वाचन अन्तर्गत आइतवार उम्मेदवारी मनोनयन गरेकाहरुको अन्तिम नामावली आज प्रकाशित गरिँदै छ ।

    nirbachan-aayoga

    आफ्नो नाम फिर्ता लिन चाहने उम्मेदवारले बिहान ८ बजेदेखि ११ बजेसम्म फिर्ता लिन सक्ने छन् भने ११ बजेदेखि साढे ११ बजेभित्र उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरिने छ ।

    आजै उम्मेदवारहरुले चुनाव चिह्न पनि पाउने छन् ।

    निर्वाचन आयोगले सम्बन्धित केन्द्रहरुमा उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने र चुनाव चिह्न प्रदान गर्ने छ ।

    उम्मेदवारहरुमाथि दावी विरोधको सूचना दिने र छानबीन गर्ने समय भने हिजो साँझसम्मका लागि तोकिएको थियो ।

    असार १४ गते हुने ३ सय ३४ स्थानीय तह निर्वाचनका लागि उम्मेदवारहरुले आइतवार मनोनयनपत्र दर्ता गराएका थिए ।

    मनोनयनसँगै उम्मेदवारका साथै नेता कार्यकर्ता चुनावी मैदानमा ओर्लिसकेका छन् ।

    उनीहरु घरदैलो कार्यक्रममा ब्यस्त छन् भने प्रचार प्रसारको अभियान तीब्र बनाइएको छ ।

    तीन वटा प्रदेशको एक महानगरपालिका, ७ उपमहानगरपालिका, १ सय ११ नगरपालिका र २ सय १५ वटा गाउँपालिकाका लागि मनोनयन दर्ता गरिएको हो ।

    यो चुनावबाट १५ हजार ३८ जना जनप्रतिनिधि निर्वाचित हुने छन् ।

    दोस्रो चरणमा प्रदेश नम्बर १, ५ र ७ मा निर्वाचन गर्न लागिएको हो भने २ नम्बर प्रदेशको चुनाव भने असोज २ का लागि तोकिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij