आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

रोल्पाको माडीमा काँग्रेस–एमाले तालमेल

  • प्रकाशित मिति : मङ्लबार, असार ६, २०७४



  • रोल्पाको माडी गाउँपालिकामा सत्तारुढ नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी नेकपा एमालेबीच चुनावी तालमेल भएको छ ।

    माडीमा नेपाली काँग्रेसले अध्यक्ष र नेकपा एमालेले उपाध्यक्ष लिने गरी तालमेल गर्ने सहमति भएको हो । सहमतिपछि असार ४ गते नै उनीहरुले अध्यक्षमा नेपाली काँग्रेसका तर्फबाट गोपाल घर्तीमगरलाई र उपाध्यक्षमा एमालेका तर्फबाट प्रेम घर्तीमगरलाई उम्मेदवारी दर्ता गराएको बताइएको छ । उनीहरुले सो गाउँपालिकाका अन्य तीनवटा वडामा समेत चुनावी तालमेल गरेका छन् ।

    तालमेल जिल्लाको सापेक्षतामा स्वाभाविक भएको नेपाली काँग्रेसका सभापति अमरसिं पुनले प्रतिक्रिया दिए। स्थानीय पार्टी कार्यकर्ता र जनताले लोकतान्त्रिक शक्ति मिलेर जानुपर्ने दबाब दिएका कारण तालमेल भएको उनले बताए। जिल्लाभर तालमेल गरी जाने प्रयास गरिएपनि प्राविधिक कारणले सम्भव नभएको उनले बताए।
    देशका अन्य जिल्लामा नेपाली काँग्रेस र एमाले प्रमुख प्रतिस्पर्धी रहेपनि रोल्पाको वस्तुस्थिति भने फरक रहेका कारण पनि दुई दलबीच तालमेल भएको उनको भनाइ छ।

    एक नगरपालिकासहित दश स्थानीय तह रहेको रोल्पामा काँग्रेस, एमाले, नेकपा माओवादी केन्द्र र अन्य साना दलसहित स्वतन्त्र उमेदवारले समेत चुनावी प्रतिस्पर्धा गर्दैछन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij