आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

डोटीमा बढ्यो चुनावी चहलपहल, १० वटा मतदान केन्द्र अति समवेदनशील

  • प्रकाशित मिति : शुक्रबार, असार ९, २०७४



  • आसन्न स्थानीय तहको निर्वाचनको मिति नजिकिंदै गर्दा डोटीमा पनि चुनावी गतिविधि बढ्दै गईरहेको छ ।

    जिल्ला सुरक्षा समिति, जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन कार्यालयलगायत विभिन्न प्रतिस्पर्धी पार्टी आ–आफ्नोे तयारीमा लागेका छन् ।

    ७ गाउँपालिका, दुई नगरपालिका र ६५ वटा वडा रहेको डोटीमा १ लाख १ हजार २१ मतदाता छन् । जसका लागि १ सय १५ मतदान स्थल र १ सय ५५ मतदान केन्द्र तोकिएको छ ।

    उत्साहपूर्वक निर्वाचन गराउनका लागि आवश्यक तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृत नरनारायण पौडेल बताउँछन् ।

    निर्वाचनका लागि जिल्ला सुरक्षा समितिले पनि शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरीलाई सम्बन्धित स्थान तोकेर खटाई सकेको छ ।

    राष्ट्रिय सुरक्षा योजना अनुसार जिल्ला सुरक्षा योजना तयार गरी सुरक्षा कार्यान्वयन योजना अनुरुप सुरक्षाको वयवस्था मिलाईएको जिल्ला प्रशासन कार्यालयका प्रशाासकीय अधिकृत केशव लामिछाने बताउँछन् ।

    जिल्ला निर्वाचन कार्यालय डोटीले पनि दुर्गम क्षेत्रमा मतदान सामग्री, मतदान अधिकृत लगायतका कर्मचारी सुरक्षासहित पठाईसकेको जनाएको छ । नजिकका मतदान केन्द्रमा १० गतेसम्म पठाईसक्ने जिल्ला निर्वाचन अधिकारी नन्दीराज ओझा बताउँछन् ।

    निर्वाचनका लागि जिल्ला प्रशासन कार्यालय डोटीले वोगटान गाउँपालिका र बडीकेदार गाउँपालिकाका १० वटा मतदान केन्द्रलाई अति संवेदनशील क्षेत्र घोषणा गरेको छ भने २० वटा मतदान केन्द्रलाई भौगोलिक विकटता, सुरक्षा निकायको पहंँच, अपराधिक गतिविधिका आधारमा संवेदनशील क्षेत्र घोषणा गरेको छ ।

    ९ वटा स्थानीय तह रहेको डोटीमा ३ सय ६३ जना जनप्रतिनिधि छनोट हुनेछन् । जसका लागि ११ सय ३९ जनाले उम्मेदवारी दिएका छन् ।

    डोटीमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, राप्रपा, संघीय समाजबादी फोरम, नेपाल दलित पार्टी लगायतका ७ पार्टीले उम्मेदवारी दिएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij