आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सोलुखुम्बुमा निर्वाचनको तयारी पुरा

  • प्रकाशित मिति : सोमवार, असार १२, २०७४



  • सोलुखुम्बु ।  यही असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनको तयारी पूरा भएको छ ।

    निर्वाचनका लागि आवश्यक सामग्रीसहित कर्मचारी टोली मतदानस्थलमा पुगिसकेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी जगनाथ दाहालले जानकारी दिए ।

    निर्वाचनसम्बन्धी प्रशिक्षण लिएर मतपत्र, परिचयपत्रलगायत आवश्यक सामग्रीसहित मतदानस्थल पुगेका कर्मचारी अहिले मतदाता परिचयपत्र वितरणको काम गरिरहेका छन् ।

    जिल्लाको आठ स्थानीय तहमा ६१ हजार ७४६ मतदाता रहेका छन् । जिल्लामा ११८ मतदानस्थलमा १२० मतदान केन्द्र रहेको छ । सबै मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृतसहित ६६६ जना कर्मचारी परिचालन गरिएको छ ।

    जिल्ला सुरक्षा समितिले निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । अतिसंवेदनशील, संवेदनशील र सामान्य क्षेत्रको पहिचान गरी सुरक्षा व्यवस्था मिलाइएको समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताए । यहाँका २० मतदान केन्द्र अतिसंवेदनशील, ४४ कम संवेदनशील र ५६ केन्द्र सामान्य रहेका र सोही अनुसारको सुरक्षा व्यवस्था तैनाथ गरिएको उनको भनाइ छ ।

    शान्ति सुरक्षा कायम गरी भयरहित वातावरणमा निष्पक्ष निर्वाचन सम्पन्न गराउन जिल्लामा एक हजार २०० नेपाल प्रहरी, ५९८ म्यादी प्रहरी, १८० सशस्त्र प्रहरी तथा नेपाली सेना परिचालन गरिएको छ । 

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij