प्रकाशित मिति : सोमवार, असार १२, २०७४
बर्षात ओली , दाङ । दाङको तुल्सिपुरमा नेपाली कांग्रेसका तुल्सीपुर उपमहानगर पालिकाका मेयर पदका उम्मेदवार गेहेन्द्र गिरिको घरमा बम भेटियको छ । केही बेर पहिले १९ नम्बर बाहिनी अड्डाबाट खटिएको बम डिस्पोजल टोलीले डिस्पोज गरेको नेता गिरिले जानकारी दिनुभएको छ ।
त्यसैगरी तुल्सीपुरको बि .पि चोकमा पनि बम भेटिएको र सेनाले डिस्पोज गर्दैछ ।
आज बेलुकी पख कांग्रेसका मेयर पदका उम्मेद्वर गेहेन्द्र गिरिको गाडीमा साइपुर चोकमा ने. क .पा .एमालेका युवाहरुले गाडी तोडफोड गरेको र् १ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका एसपि धीरज प्रताप सिँहले बताउनुभयो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij