आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

प्रदेश नम्बर–१, ५ र ७ मा निर्वाचन, ३३४ स्थानीय तहका लागि ६४ लाख बढी मतदाता

  • प्रकाशित मिति : मङ्लबार, असार १३, २०७४



  • काठमाडौं। दोस्रो चरणको स्थानीय तह निर्वाचनअन्तर्गत् तीनओटा प्रदेशमा बुधबार हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ ।

    निर्वाचन आयोगले निर्वाचन हुने प्रदेश नम्बर–१, ५ र ७ को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

    प्रदेश नम्बर १, ५ र ७ मा पर्ने ३५ जिल्लाका ३३४ स्थानीय तहमा बुधबार निर्वाचन हुँदैछ ।

    तीमध्ये १ महानगरपालिका, ७ उपमहानगपालिका, १११ नगरपालिका र २१५ गाउँपालिका रहेका छन् । सबै स्थानीय तहमा परी कुल २८७४ वडा समावेश छन् ।

    निर्वाचनमा कुल ६४ लाख ३२ हजार ७ सय ६५ मतदाता सहभागी हुँदैछन् ।

    प्रदेश नम्बर–१ मा पर्ने १४ जिल्लामा पर्ने १३७ स्थानीय तहमा एक महानगरपालिका, २ उपमहानगरपालिका, ४६ नगरपालिका र ८८ गाउँपालिका रहेका छन् । यो प्रदेशमा २६ लाख ७४ हजार ५ सय ६३ मतदाता छन् ।

    त्यसैगरी, प्रदेश नम्बर ५ मा पर्ने १२ जिल्लामा जम्मा १०९ स्थानीय तह छन् । चार उपमहानगरपालिका, ३२ नगरपालिका, ७३ गाउँपालिका रहेको यो प्रदेशमा २४ लाख ५४ हजार ४ सय ८८ मतदाता रहेका छन् ।

    त्यस्तै, प्रदेश नम्बर ७ पर्ने ९ जिल्लामा जम्मा ८८ स्थानीय तह छन् । एक उपमहानगरपालिका, ३३ नगरपालिका र ५४ गाउँपालिका रहेको यो प्रदेशमा १३ लाख ३ हजार ७ सय १४ मतदाता निर्वाचनमा सहभागी हुँदैछन् ।

    निर्वाचनमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९ सय कर्मचारी खटिएका छन् । निर्वाचनबाट १५ हजार ३८ जना प्रतिनिधि चुनिनेछन् ।

    चुनावका लागि ४ हजार ५ सय ८१ मतदानस्थल, ८ हजार ३ सय ६४ मतदान केन्द्र कायम गरिएको छ ।

     

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij