आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

राजपा नेता भन्छन्– आज चुनाव शान्तिपूर्ण होस्, आन्दोलन पछि गरौंला

  • प्रकाशित मिति : बुधबार, असार १४, २०७४



  • दोश्रो चरणको निर्वाचन अन्तर्गत आज तीन प्रदेशमा निर्वाचन हुँदैछ। निर्वाचनमा बहिष्कार गरेको राष्ट्रिय जनता पार्टीका कार्यकर्ताले यो चुनावमा पनि स्वतन्त्र रूपमा भाग लिएका छन्। मतदान भइरहेका प्रदेश नम्बर १, ५ र ७ मध्ये पाँच नम्बरमा राजपाको संगठन राम्रो छ। राजपाका तीन जना सांसद यही प्रदेशबाट प्रत्यक्ष निर्वाचित भएका छन्। ५ नम्बरका रूपन्देही र कपिलवस्तुमा झन्डै साढे चार सय राजपा कार्यकर्ता उम्मेद्वार बनेका छन्।

    पार्टीले निर्वाचन बहिष्कार गरेपनि राजपाका उम्मेदवारले स्वतन्त्र रूपमा राम्रै स्थान जित्ने नेताहरूले दाबी गरेका छन्। ‘मैले त निर्वाचन बहिष्कार गरेको छु। मेरा मान्छेहरु निर्वाचन लडेका छन्। उनीहरूको अवस्था राम्रै छ,’ राजपा नेता सर्वेन्द्रनाथ शुक्लले सेतोपाटीसँग भने, ‘निर्वाचन शान्तिपुर्ण होस्। कुनै घट्ना नहोस् भनेर मैले कामना गरेको छु।’

    स्वतन्त्र रूपमा निर्वाचन लड्न सजिलो नहुने भन्दै रुपन्देही क्षेत्र नम्बर ६ का सांसद समेत रहेका शुक्लले सबैले आफ्नै बलबुतामा निर्वाचन लडेको बताए।

    ‘पार्टीको निर्वाचन चिह्न भएको भए हाम्रो अवस्था निकै राम्रो थियो। स्वतन्त्र रूपमा लडेर भए पनि कार्यकर्ताले संगठन जोगाएका छन्,’ उनले भने, ‘संगठन जोगियो भने आन्दोलनलाई सहयोग पुग्छ।’

    राजपाका अर्का नेता एवं कपिलवस्तु क्षेत्र नम्बर ३ का सांसद बृजेशकुमार गुप्ताले कुनै विरोध र अवरोध नभई निर्वाचन भइरहेको बताए।

    ‘म त घरमा नै बसिरहेको छु। मेरा केही साथीहरु स्वतन्त्र हैसियतमा चुनाव लडेका छन्’, गुप्ताले भने,‘निर्वाचन चिह्न नपाए पनि स्वतन्त्र उमेदवार प्रतिस्पर्धामा रहेका छन्।’

    आफू मत माग्न नहिँडे पनि फोनबाट बुझ्दा पार्टीका स्वतन्त्र उम्मेदवार धेरै ठाउँमा जित्ने अवस्था भएको उनले दाबी गरे।

    निर्वाचन चिह्नको गडबडीले जनता समेत अन्यौलमा परेको भए पनि कपिलवस्तुका दस स्थानीय तहमध्ये चारमा राजपाका स्वतन्त्र उमेदवारले जित्न सक्ने उनले बताए।

    ‘नैतिकताको कारणले म बाहिर पनि निस्केको छैन। म बाहिर निस्केको भए थोरैमा पनि दस प्रतिशत मत बढ्ने थियो,’ उनले भने, ‘अठार वर्षदेखिको जनप्रतिनिधि बाहिर निस्किँदा केही फरक त पर्ने थियो।’

    निर्वाचनमा भाग लिन चाहनेलाई स्वतन्त्र रूपमा छोडेको उनले बताए।

    ‘मैले ३ गतेसम्म पनि आन्दोलनमा जानपर्छ भनेको थिएँ। तर साथीहरूले हामीलाई छोड्दिनु भने,’ उनले भने, ‘कार्यकर्ता निर्वाचनमा जाने भएपछि मैले आफूलाई लागेको गर्नुस् जिते पनि तपाईँ मेरै हो हारे पनि मेरै हो भनेको छु।’

    बाहिर ननिस्केकाले कार्यकर्ताको चुनाव चिह्नबारे समेत आफूलाई जानकारी नभएको गुप्ताले बताए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij