आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

आर्थिक क्रान्तिका लागि कृषिमा आधुनिकीकरण आवश्यक–एमाले उपाध्यक्ष गौतम

  • प्रकाशित मिति : बिहिबार, असार १५, २०७४



  • भक्तपुर ।  एमालेका उपाध्यक्ष एवम् अखिल नेपाल किसान महासङ्घका केन्द्रीय अध्यक्ष वामदेव गौतमले आर्थिक क्रान्तिका लागि कृषिमा आधुनिकीकरण आवश्यक रहेको बताए ।

    धान दिवसको अवसरमा आज महासङ्घको भक्तपुर शाखाले सूर्यविनायक नगरपालिका वडा नं ९ नंखेल सन्तीगाउँमा आयोजना गरेको धान रोपाइँ कार्यक्रममा उनले कृषिमा आधुनिकीकरण गरिनुपर्नेमा जोड दिएका छन् ।

    गौतमले भने – “नेपाल कृषि प्रधान देश हो नै अझै पनि हाम्रोमा परम्परागत रुपमा धान रोपाइँ हुँदै आएको छ, त्यसलाई सुधार र आधुनिकीकरण गर्नुपर्छ ।”

    महासङ्घका महासचिव बलराम बास्कोटाले नेपाललाई कृषिमा आत्मनिर्भर बनाउन सरकारले सिँचाइ र आधुनिक प्रविधिको व्यवस्थापमा ध्यान दिनुपर्नेमा जोड दिए ।

    सूर्यविनायक नगरपालिकाकाप्रमुख वासुदेव थापा, उपप्रमुख जुना बस्नेत र वडाध्यक्ष उपेन्द्र केसीले धान दिवसलाई दिवसकै रुपमा मात्र मनाउनु भन्दा कृषिको प्रवद्र्धन लाग्नुपर्ने र यसका लागि नगरपालिकाको तर्फबाट सहयोग गरिने बताए ।

    धान दिवसका अवसरमा रोपाइँ गर्नुका साथै नाचगानसमेत गरिएको थियो । 

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij