आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

८१ वडा मध्ये २१ वडा अध्यक्षको नतिजा सार्वजजिक

  • प्रकाशित मिति : शुक्रबार, असार १६, २०७४



  • पाल्पा ।  ८ गाउँपालिका र २ नगरपालिका गरी १० स्थानिय तहका ८१ वडा मध्ये  पाल्पामा २१  वडा अध्यक्षको नतिजा सार्वजनिक भएको छ ।

    जस मध्य १३ वडा अध्यक्षमा नेपाली कांग्रेस , सात  वडा अध्यक्षमा एमाले र एक वडा अध्यक्षमा माओबादी केन्द्र  बिजयी भएका छन् ।

    मूख्य निर्वाचन अधिकृतको कार्यालय पाल्पाका अनुसार नेपाली कांग्रेसका उम्मेदवारहरु माथागढी गाउपालिका वडा नम्बर ८ बहादुरपुरमा ३८२ मत सहित डिल बहादुर ढेगा, माथागढी गाउँपालिका वडा नम्बर ७ रहबासमा ५५२ मत सहित जंग बहादुर थापा, माथागढी वडा नम्बर १ चिदिपानीमा शिव प्रसाद शर्मा घिमिरे, माथागढी वडा २ रुप्सेमा जनक रिजेल, बगनासकाली गाउँपालिका वडा नम्बर ८ बराङ्दीमा ३१० मत सहित गणेश बस्याल, रिब्दीकोट गाउँपालिका वडा नम्बर १ ख्याहामा ६०४ मत ल्याएर बिष्णु गैरे , तानसेन नगरपालीका वडा नम्बर २ मा ४४० मत सहित बरुण पौडेल, तानसेन नगरपालीका वडा नम्बर ४ मा राजेन्द्र मुनि शाक्य, रैनादेबी गाउँपालिका वडा नम्बर २ सोमादीमा जिवनाथ पोख्रेल , बगनासकाली गाउँपालिका वडा नम्बर ९ चाप्पानीमा ७८७ मतसहित ठानेश्वर तिमिल्सिना, तिनाउ गाउँपालिका वडा नम्बर ६ मस्याममा टोम बहादुर पुन , निस्दी गाउँपालिका वडा नम्बर १ बाकामलाङ्गमा पुर्ण बहादुर खाँड, निस्दी गाउँपालिका वडा नम्बर ७ ज्यामिरेमा गगन सिंह सोती बिजयी भएका छन् ।

    नेकपा एमालेले पुर्बखोला गाउँपालिका वडा नम्बर १ सिलुवामा १२१०मत सहित भोग बहादुर थापा,रिब्दीकोट गाउँपालिका वडा नम्बर  २ देउरालीमा ५७४ मत सहित रामचन्द्र नेपाल, पुर्व खोला गाउँपालिका वडा नम्बर २ जल्पामा ८८२ मत सहित निर बहादुर सारु , रम्बा गाउँपालिका वडा नम्बर २ मा उमानसि सारु , तिनाउ गाउँपालिका वडा नम्बर १ कचलमा रोम बहादुर लम्तरी, तानसेन नगरपालीका वडा नम्बर १ मा पोषकान्त बस्याल र  रामपुर नगरपालीका वडा नम्बर १ मा मित्रलाल कडेल  बिजयी भएका छन् । अहिले सम्म माओबादी केन्द्र  १ वडामा मात्रै बिजयी भएको छ ।

    माओबादी केन्द्रको तर्फबाट अध्यक्ष पदका उम्मेदवार सोम बहादुर दर्लामीको  प्यानल रैनादेबी छहरा गाउँपालिकाको वडा नम्बर १ सिद्धेश्वरमा बिजयी भएको हो । वडा अध्यक्षमा विजयी दर्लामीले ६११ मत प्राप्त गरेका छन् ।

    शुक्रबार बिहान सम्मको नतिजा अनुसार तानसेन नगरपालीका, पूर्ब खोला गाउँपालिका, तिनाउ गाउँपालिका, रिब्दीकोट गाउँपालिका, रम्बा गाउँपालिका , रैनादेबी गाउँपालिका र रामपुर नगरपालीका गरी ७ स्थानिय तहमा नेकपा एमाले अगाडि रहेको छ भने नेपाली कांग्रेसले निस्दी गाउँपालिका, बगनासदेबी गाउँपालिका र माथागढी गाउँपालिका गरी तीन स्थानमा अग्रता लिएको छ ।  पाल्पामा नेकपा एमाले र नेपाली कांग्रेस बिच प्रतिस्पर्धा देखिएको छ ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij