प्रकाशित मिति : सोमवार, असार १९, २०७४
कैलालीको जानकी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा फोरम लोकतान्त्रिकका उम्मेदवार विजयी भएका छन्। यो फोरम लोकतान्त्रिकको चौथो जित हो।
अध्यक्षमा फोरम लोकतान्त्रिकका प्रदीप चाैधरी ५०५७ मत ल्याएर विजयी भएका हुन्। उनका निकट प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी गंगादेवी चौधरीले ४२२१ मत ल्याएकी छन्।
उपाध्यक्षमा फोरम लोकतान्त्रिककै उमा महताले ५०९७ मत ल्याएकी छन् भने उनका निकट प्रतिस्पर्धी नेपाली कांग्रेसका सूर्यबहादुर बटालाले ४०३० मत ल्याएका छन्।

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij